ओम आचार्य
पत्रिका चलाउनु , पत्रकारिता गर्नु र त्यस्लाइ नियमित गर्नु भनेको यौटा बाउ आमाले नवजात शिशुलाइ हुर्कांएर वयस्क वनाउन गरेको मेहनत जस्तै हो । नवजात शिशुको संरक्षणमा दिने ध्यान , त्यसमा रुची , र कुनै प्रकारको आच आउन नदिन आफ्नो तन मन र धन लगाएर हुर्कांउनु जस्तै हो पत्रिका चलाउनु र पत्रकारिता गर्नु भनेको ।
नेपालमा पंचायतकालमा अथवा भनौं राजशाहीमा पत्रिका चलाउनु र पत्रकारिता गर्नु जोखिम पुर्ण थियो त्यही जोखिम वर्तमान ने क पा को सरकारले गर्दा अहिले पत्रकारजगतमा , संचार जगतमा छ , प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा अहिले नेकपा सरकारको अनुदारनीति त छदै छ ,संचार लाइ संकुचन गर्ने निति अख़्तियार गर्दै आएको नेकपा सरकारले अव फेरी "विज्ञापन " प्रकाशन सम्बन्धी यौटा कानुन ल्याउन खोज्दै छ ,यो कानुन अन्तरगत कुनै पनि वेला कुनै पनि समयमा दण्ड जरिवना हदै सम्म गर्ने व्यवस्था भएकोले यौटा अभिव्यक्ति स्वतन्त्रता प्रती प्रत्रिका प्रकाशन गर्ने , प्रकाशन संस्था लगायतलाइ आफ्नो नियन्त्रणमा लिन खोजेको देखिन्छ ।
अर्को तिर मुलुकलाइ संविधानले दिएको मौलिक अधिकार , मानवाधिकारका कुराहरुमा , विचार र अभिव्यक्ति रांख्ने स्वतन्त्रतामा पुन सभा समारोह गर्न जिल्ला प्रसाशनको स्विकृती लिनु पर्ने कानुन ल्याउन खोजेर मुलुकलाइ विंधि विधान संविधान विपरित विपरीत लान खोज्दै छ ।
यिनै कुराहरु र भविस्यमा अरु हुन सक्ने सरकारको अनुदारनीतिमा खवरदारी गर्ने , चोर औला देखाउने र सरकारलाइ सचेत गराइरहने सवैभन्दा प्रभावकारी भुमिका संचार क्षेत्रकै रहन्छ ,भन्नुस विचार र अभिव्यक्तियों स्वतन्त्रताको प्रतिऱक्षामा सधै खडा रहने पत्रिका र पत्रकार नै हुन।
राजनीति गर्ने नेता र राजनीति पाटीहरुको र संचार क्षेत्रको नाता जिव्रो र दाँत जस्तै हो दुवैले एक अर्काको मर्यादा र संरक्षण गर्दै सावधानि पुर्वक सम्बन्ध लाइ अगाडी वडाउदै राम्रो संग चबाएर ग्रहण गरे शरिर पुस्ट हुन्ंछ। अन्यथा दुवै जोखिममा पर्न सक्छन अहिले नेकपा सरकारले संचार को महत्व र मर्यादा नबुजेर अगाडी वडेकोले सरकार पुस्ट नभएर सुकेनाश हुदै जादै छ।
नेपालमा अहिले संचार क्षेत्र भयभित छ ।कुनैपनि वेला सरकारको कोपमा पर्न सक्ने छ ।काठमान्डु राजधानिमा वसेर प्रकाशनको काम गर्नु जति सहज र सरल छ त्यति मोफसलमा छैन । जिल्लामा वसेर प्रत्रकारिता गर्नु पत्रिका चलाउनु प्रकाशन संस्था चलाउनु रात भन्दा सपना लामो भने जस्तै हो ।
जिल्लामा वसेर अखवार निकाल्न धेरै तिरको जोखिम छ, अहिले राजनीतिक अपराधको कुरा छ , आर्थिक अपरांधको कुरा छ , तस्करीको कुरा छ , वलत्कार र हत्याका कुरा छन , भ्रस्टचारको कुरा छ , यि सवैको जननी सरकार भएको विपक्षी दल र सरकारमा रहेकै पाटीका केही नेताहरुले लगाइरहेको विधमान अवस्थामा सुचना प्रकासन गरे ,समचार सम्प्रेषण गरे ति अख़बार कोपमा पर्ने अवस्था विधमान छ । र त्यो जोखिम उठाएर अखवार चलांउनु पर्ने छ ।
अर्को तिर डन र गुन्डाहरुको धम्की र चेतावनी पनि अखवार चलाउनेहरुले सुन्नै पर्ने छ ।
जव सम्म देसमा प्रजातन्त्र , लोकतन्त्र सवल हुदैन तव सम्म देश विचार र अभिव्यक्तियों स्वतन्त्रतामा गरिव हुन्छ।
यिनै कुराहरु यिनै जोखिमहरु बोकेर प्रदेस १ को राजधानि विराटनगरमा केही अखवारको प्रकाशन हुने गर्छ र अखवार प्रकाशनमा कति प्रकाशन भए र नियमित हुनसकेर हराए र केही नियमित गर्दै छन ।
यसै सन्दर्भ मा ३०६७/२०६८ तिर विराटनगरवाट शंकर खरेल को सम्पादनमा न्यु सृस्टी दैनिकको प्रकाशन सुरु गरेको देखिन्छ त्यस्तै अर्को मोहन भण्डारीको सम्पादनमा उद्घोष दैनिकको प्रकाशन । विराटनगरवाट यिनै दुइ प्रकाशन अहिले नियमित र स्तरिय छन।
न्यु सृस्टी प्रकाशन हुन थालेको ७/८ वर्ष भयो तर मैले नजिकवाट न्यु सृस्टी लांइ हेर्ने अवसर पाएको चै विगत एक वर्ष भयो यो एक वर्ष देखि म नियमित पाठक छु ।
विराटनगरमा न्यु सृस्टीले छोटों समयमा आफुलाइ स्थापित गरिसकेको छ । पत्रिकामा समचार समेटने र त्यस समचारलाइ सम्प्रेषण गर्ने आफ्नो आफ्नो शिप र कौशल हुन्छ यस अर्थमा अरुले नदेखेको, महत्व नढानेको विसयलाइ समचार वनाउने न्यु सृस्टीको यही कौशल र सिपले सार्वजनिक सरोकार को विसयमा परिणत गराउदै आफ्नो अलग पहिचान वनाउन सफल देखिन्छ ।
" नरिसाउनुस है" यो स्तम्भ सम्पादक शंकर खरेल आफैले लेख्ने गर्नु भएको छ, यो अत्यन्तै रुचि राखेर पढ़ने गरेको कुरा यस्को चर्चा भएबाट देखिन्छ । आज पढे पछी भोलिको न्यु सृस्टीको समचार र " नरिसाउनुस है" पढ़न पनि उत्सुक त्यतिक्कै छन ।
त्यसो त न्यु सृस्टिको नारा नै छ " यौटा फरक पत्रिका " र साथै " हामि जे देख्छौं त्यही लेख्छौं " सायद त्यसैले होला न्यु सृस्टी अन्य भन्दा फरक देखिन्छ ।
फरक यस अर्थमा देखिन्छ कि समचार सम्प्रेषण देखी अन्य कारणवाट पनि आफुलाइ फरक रुपमा प्रस्तुत गर्दै छ । न्यु सृस्टीले यौटा प्लेट फ़र्मको रुपमा पनि आफुलाइ राखेको छ। विराटनगर र विराटनगर देखी बाहिरका धेरै लेखकलाइ स्थान दिएर लेखकको रुपमा चिनाउदै त्यस्ता लेखकहरुलाइ सृर्जनशिलतामा उत्साहित र प्रोत्साहित गर्दै छ । म केही लेखकहरुको नाम लिन चाहान्छु जो न्यु सृस्टी वाट आफुलाइ प्रकासित गर्दै छन जस्तो कि वलराम पोखरेल ,ऋतु आसिर्वाद , प्रा डा. वद्री विशाल पोखरेल ,कृष्णराज कोइराला , हिमाल बराल , जीवन क्षेत्री , सुजन दाहाल ,विजय घिमिरे , रमेश भट्टराइ ,आस्था विन्दु मल्ल , गोविन्द अधिकारी , ओम प्रकास अर्याल ,कुलचन्द्र वाग्ले , सत्यराज जोशी ,देवि पन्थी , गजेन्द्र बुडाथोकी , बाबुकाजी कार्की , लगायत धेरै लेखकहरु यस्मा आवध्द हुनुहुन्छ , माथि उल्लेखित नामहरुमा प्रा डा. वद्री विशाल पोखरेल , वलराम पोखरेल , ऋतु आसिर्वाद कृष्ण राज कोइराला देवि पन्थी हिमाल बराल लगायत केही स्थापित नामहरुनै हुन ।
यस्मा उल्लेख भएका कति नामहरु त न्यु सृस्टीले जन्माएका लेखकहरु पनि हुनु हुन्ंछ जस्को भविस्य लेखनमा निरन्तर भए उज्यालो छ ।
केही गरौं भन्ने भावनायें केही सृजनशीलता पृष्ठ राखेर न्यु सृस्टी अगाडि बडेको छ । जस्तोकी " हिमपात फलबारी " भनेर प्रत्येक आइतवारको अंक निकल्ने गरेको छ, यो पृष्ठले भोजपुरी , हिन्दी , मैथली , नेपाली लगायत सवै भाषा , साहित्य , धर्म संस्कृती लाइ स्थान दिएर सृर्जनात्मक काम गरेको छ यो न्यु सृस्टीको राम्रो थालनी हो र यस्ले वास्तवमै फुलवारी कै काम गरेको छ जहा विविध फुलहरु अंकुरित हुदै प्रस्फुटित पल्लवित हुन पाएका छन।र सामाजिक सदभाव पनि बडाएको छ , सांस्कृतिक सदभाव बडाएको छ।
त्यस्तै गरी प्रत्येक शुक्रवार मनोरन्जन भनेर फ़िल्म नाटक कला सम्बन्धी रोचक समाग्रीहरु विशेसत युवा युवती लाइ ध्यानमा राखेर उनिहरुको रुचीलाइ प्राथमिकता दिएर समाग्री राख्दै अरु आकर्षक वनाएको छ।
न्यु सृस्टी को अर्को जीवन्त , स्मरण योग्य र उदाहर्णिय कार्य हो न्यु सृस्टी दैनिक पुरस्कारको स्थापना, जस्तो केशव प्रसाद कोइराला समाजिक सेवा पुरस्कार , स्वास्थ्य क्षेत्रमा स्थापित पुरस्कार , पत्रकारिता पुरस्कार , साहित्य पुरस्कार ,जगदीश राठीवन्यु सृस्टी दैनिक उधमी अवार्ड , स्व . महेन्द्र गोल्छा उंघना पुरस्कार , रानुदेवी अधिकारी कला पुरस्कार , न्यु सृस्टी दैनिक शिक्षा पुरस्कार , न्यु सृस्टी दैनिकको रिजाल महिला उधमी पुरस्कार , हरिसिंह उषादेवी अवार्ड , रामानन्द - हरप्यारी देवी दाजु छात्रवृति पुरस्कार , लगायत का पुरस्कारको व्यवस्था गरेर यौटा संस्थागत कार्यको थालनी गरेको छ ।
पत्रिका प्रकाशन गरेको ७/८ वर्ष भएको छ र यस पत्रिकाले आफ्नो आठौं वार्षिक उत्सवको आयोजना गर्दै छ ।यसै कार्यक्रममा माथि उल्लेखित पुरस्कार वाट पुरस्कृत हुनेहरुलाइ सम्मान गरिने कार्यक्रम राखेको छ ,।यो कार्य उदाहर्णिय र अनुकर्णिय भएको पंक्तिकारको विचार छ ।
प्रेस स्वतन्त्रता , मौलिक हक़ र मानवाधिकार , सक्ति विकेन्द्रीकरणको सुरक्षा , संरक्षण मा प्रेसको अत्यन्तै महत्व छ ,यि कुराहरुमा सधै न्यु सृस्टीले पहरेदारको काम गरोस। जव जव सरकार यस्को संकुचनमा लाग्छ प्रेसले सधै विरोध गरोस जनमत वनाओस र सरकारको अनुदार नीति असफल होस ।
न्यु सृस्टीले यसैलाइ मुल मन्त्र वनाओस ।
न्यु सृस्टीको वार्षिक उत्सवको शुभकामना
पत्रिका नियमित र स्तरिय हुदै स्थापित होस।