• बाहुनडाँगी । रामनगर जेसीज वर्ष २०१९ का अध्यक्ष हिमा न्यौपाने, उपाध्यक्ष रेशम कंडेल र कोषाध्यक्ष डिल्लीराम सुवेदीको बैबाहिक वर्षगाँठको अवसर पारेर विद्यार्थीहरुलाई किताब बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    सुनवल नगरपालिका वडा नम्बर १३ बिचैयापुरमा रहेको सेवासदन प्राविका अति बिपन्न विद्यार्थीहरुलाई वैवाहिक वर्षगाँठको अवसरमा झोलाका साथै कपी, कलम वितरण गरिएको हो ।

    शाखाकी अध्यक्ष हिमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण देवकोटाले रामनगर जेसीजले शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेको यो कार्य उदाहरणीय रहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा हरेक समय अग्रणी भूमिका निर्वाह गर्दै आएको जेसीजको अभियानले विद्यालयको शैक्षिक विकासलाई समेत ठूलो योगदान रहने बताउँदै आगामी दिनहरुमा जेसीजसँगको सहकार्यमा रहेर हरेक कामहरु गर्दै जाने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीले यो अभियानले विद्यार्थीहरु पलायन हुने क्रमलाई रोक्ने र शैक्षिक गुणस्तर समेत अभिबृद्धि हुने बताउनु भयो ।
    डिल्लीराम सुवेदी संयोजक रहेको कार्यक्रममा आस्थापाठ देवकला खनाल र सञ्चालन युवराज भुषालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…