• बाहुनडाँगी । विराटनगर जेसीजको ४६ औँ स्थापना दिवसको अवसरमा आयोजित साप्ताहिक तालिमको चौथोँ दिन पनि जारी रहेको छ ।
    आइतवारदेखि सुरु भएको तालिमको चौथो दिनसम्म आइपुग्दा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षकहरुद्धारा तालिम सञ्चालन भइरहेका छन् ।
    विराटनगरस्थित निहारिका कलेजमा उद्घाटन गरिएको तालिमको उद्घाटन कलेजका प्रमुख अमित ढकालले गर्नु भएको थियो । प्रर्शनालिटि डेभ्लोप्मेन्ट विषयमा दिएको तालिमको उद्घाटन कार्यक्रमको अधयक्षता शाखाका वर्ष २०१९ का अध्यक्ष जेसी सेवक बजगाईले गर्नु भएको थियो भने शाखाका पूर्व अध्यक्ष जेसी टिपी आचार्यको समेत सहभागिता रहेको कार्यक्रम संयोजक जेसी देवेन्द्रराज घिमिरेले बताउनु भयो ।
    यसैगरी दोस्रो दिने सोमवार साइबर अपराधका विषयमा सम्पन्न भएको थियो । विराटनगरको पोखरीयास्थित जिल्ला प्रहरी कार्यालयमा भएको तालिममा शाखाका जुनियर जेसीजका सदस्यहरुलाई प्रदान गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक प्रविन भट्टराई रहनु भएको थियो । शाखा अध्यक्ष जेसी जेवक बजगाईको सभापतित्वमा सम्पन्न दोस्रो दिनको कार्यक्रमको सञ्चालन महासचिव प्रितेश दाहालले गर्नु भएको थियो ।
    यसैगरी तालिम सप्ताहको तेस्रो दिन रंगेलीमा रहेको मेरील्याण्ड कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्रर्शनालिटि डेभ्लोब्मेन्ट विषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा कलेजका निर्देशक एवम् अर्थशास्त्री प्रध्यापक डाक्टर पिके झा रहनु भएको थियो ।
    तालिम सप्ताहको चौथो दिन बुधवार पावर अफ स्पिकिङ विषयमा विराटनगरको नर्सिङ कलेजमा प्रदान गरिएको थियो । कलेजको विद्यार्थीहरुलाई प्रदान गरिएको तालिमको प्रमुख अतिथि क्याम्पस प्रमुख श्रीमति मेनुका भण्डारी रहनु भएको थियो ।
    तालिममा विशेष अतिथि विराटनगर जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष पूर्णप्रसाद ढकाल रहनु भएको थियो ।
    तालिमलाई जिना जंग कार्की र विराटनगर जेसीजका सदस्य सन्तोष आचार्यले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको अधयक्षता शाखा अध्यक्ष सेवक बजगाई र सञ्चालन महासचिव प्रितेश राज दाहालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…