आज फेरी केही सहयोग रकम लिएर पाँच्थरका रमेश बेघालाई भेट्न गए । आफु बाँच्नु र अरुलाई बचाँउनुनै जिवन रहेछ । नमस्कार........। रमेशले ओछ्यान नछाडेको २ महीना बढी भईसके छ । यो २ महिनाको हरेक समय हरेक पल उन्लाई धेरै गाह्रो भयो होला तर उनको हरेक पलालाई सहज बनाउन हरदम उन्को श्रीमतीले कोशीष गरीरहकी छिन् । उछ्यानमा धेरै समयदेखी थला परीरहेका रमेश हामी जाँदा व्हिल चियरमा थिए, त्यो दृश्य देख्दा थोरै मेरो मन त खुसी भयो तर उन्लाई आफ्नै खुट्टले हिडेको हेर्ने धेरै मन छ । उनको श्रीमतीले रमेहलाई थेरापी गराउदै थिईन साथमा त्यो नबालकले पनी बुवा रमेशलाई सुमसुमाउदै थियो । सहयोगीहरुलाई हृदयदेखीनै धन्यवाद दिन चाहान्छु । फेरीपनी यो भिडीयो सेयर गरी आर्थीक संकलनमा साथ दिनु हुन्छ भन्ने आशा राखेको छु । आउनुहोस पुरा भिडीयो हेरौ ।
https://www.youtube.com/watch?v=kZVOkw0vjD4&feature=youtu.be