बिर्तामोड, झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकप दैनिक हजारौं दर्शकले हेरिरहेका छन् । फुटवल हेर्ने दर्शकका लागि स्थायी प्याराफिट नहुँदा प्रत्येक वर्ष खन्तीले खनेर अस्थायी प्याराफिट बनाइन्छ ।
वास र डोरी प्रयोग गरेर बनाइएको अस्थायी प्याराफिटमा वसेर हजारौं दर्शकले फुटवलको मञ्जा लिन्छन् । जसका लागि आयोजकले प्रत्येक वर्ष खन्तीले खनेर प्याराफिट निर्माण गर्दै आएको छ । प्याराफिट निर्माणका लागि कति वास आवश्यक पर्छ अनि वास बाँध्न कति डोरी प्रयोग हुन्छ त्यसको कसैले कल्पना पनि गर्न भ्याएका छैनन् ।
रंगशाला तयारी गर्ने फिरोज राईले भन्नुभयो – ‘रंगशाला निर्माण गर्दा आवश्यक औजार नहुँदा खन्तीले खन्दै नग्राले माटो निकालेर कति खाडल खनियो भनिसाध्य छैन ।’ वास बाध्न मात्रै प्रत्येक वर्ष एक ट्रक भन्दा बढी डोरी चाहिन्छ , कति वास लाग्यो होला आफैं बिचार गर्नुहोस् ।
यता झापाली दर्शकसंगै फुटवल प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकले समेत डोमालाल राजवंशी रंगशाला देशकै उत्कृष्ट भनेपनि त्यसका डिजाइनर भने अझैं सन्तुष्ट छैनन् ।
विहीवार जारी प्रतियोगिता भइरहदा नेपाल आर्मीका प्रशिक्षक चुनवहादुर थापा र नेपाल पुलिस क्लवका अनन्त थापाले मोफसलकै उत्कष्ट खेल मैदान भन्दै खेल मैदानको प्रशंसा गरिरहँदा डिजाइन राई भने खेल मैदान प्रति सन्तुष्ट देखिएनन् ।
खेल मैदान ‘टावल’ जस्तै हुनुपर्छ राई भन्छन्–‘ श्रोत साधनको अभाव र एकै प्रकारको झार मैदानमा नहुँदा सोचे जस्तो खेल मैदान बनाउँन सकिएको छैन ।’ रंगशालामा २० प्रकारको भन्दा वढी झार छ, एकै प्रकारको झार भए अझ उत्कृष्ट डिजाइन आउत्थ्यो राई भन्नुहुन्छ –‘ सिरुदेखि मोथे , लोकल दुवो र चेप्टे झारले रंगशाला भरिएको छ ।’
झापाको हावापानीमा सुहाउने चेप्टे झार उत्कृष्ट भएपनि त्यो झार क्रमशः लोप हुँदै गएपछि अन्य झार रोपेर भएपनि ग्राउण्डको डिजाइन तयार पारिएको छ राईले भन्नुभयो । दर्शकले खेल मैदानलाई विश्वपक खेल्ने खेल मैदान संग तुलना गरिरहँदा राईले खुशी व्यक्त गरेका छन् । उहाँले अझैं खेल मैदानलाई उत्कृष्ट बनाउन नसकेपनि नेपालकै उत्कृष्ट खेल मैदान भएको भने दावी गर्नुभएको छ । उहँँले एन्फाले ग्राउण्ड डिजाइनको वारेमा आफूलाई जिम्वेवारी दिए नेपालकै नमूना खेल मैदान बनाइदिने बताउनुभयो । राई भन्नुहुन्छ – काठमाडौंको दशरथ र हलचौक खेल मैदान पनि झापाको जस्तो आर्कषक छैन ।’
उहाँले मात्र होइन नेपाल आर्मीका प्रशिक्षक चुनवहादुरले मोफोसलकै उत्कष्ट खेल मैदान रहेको र फुटवल खेलमा पूर्वेली दर्शकको क्रेज धेरै रहेको बताउनुभयो । उहाँले व्यवस्थापकीय पक्ष पनि राम्रो रहेको प्रतिक्रि दिनुभयो । थापाले टुनामेण्ड गेममा ९० मिनेट समयपछि सोझैं टाइवेकरमा नलगी अतिरिक्त समय थप गरेर खेल खेलाउन सके अझ झापाली दर्शकले खेलको मज्जा लिने आयोजकलाई सुझाव दिनुभयो ।
प्रथम झापा गोल्डकप र तेस्रो झापा गोल्डकपको उपाधि हत्याएपनि झापा ११ लोकप्रिय टिम भएको भन्दै त्यो लोकप्रियता कायम राख्न झापालीलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो – छोटो समयमा मोफसलमा उदाएको टिम अहिले चर्चामा, त्यसको श्रेय आम झापावासीलाई जान्छ त्यसमा पनि उत्कृष्ट खेल मैदानमा प्रशिक्षण लिएका झापाका सवै खेलाडी उत्तिकै अब्बल छन् । २०५५ सालबाट नेपाली आर्मीमा प्रवेश गरेका थापा २०५६ सालवाट खेल क्षेत्रमा प्रवेश गर्दै हालसम्म पनि आर्मीको व्यस्थापकीय पक्षको जिम्वेवारी सम्हाली रहनुभएको छ ।
यता नेपाल पुलिस क्वलका प्रशिक्षक अनन्त भन्नुहुन्छ– ‘झापाको खेल मैदान एकै लेवलको भएको र यहाँको वातावरणीय पक्ष राम्रो छ ।’
झापाको फुटवल खेल नेपाली खेल क्षेत्रकै लागि कोषेढुङ्गा सावित हुने भन्दै उहाँले भन्नुभयो– मोफसलमा यति धेरै मेहनत र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनु आफैंमा शुखद पक्ष हो ।
उत्कष्ट व्यवस्थापनमा झापाले प्रत्येक वर्ष गोल्डकप गर्दै आएपनि चेञ्जिङ रुमसहित रात्रिकालिन खेल खेलाउन सके यसको लोकप्रियता अझ बढेर जाने उहाँको तर्क छ ।
बिराटनगर घर भएका अनन्त सन १९९८ देखि फुटवल खेल्दै अहिले विभागीय टोलीको प्रशिक्षको जिम्वेवारी सम्हाली रहनुभएको छ ।
दैनिक फरक फरक प्रमुख अतिथि
फागुन २७ गतेसम्म सञ्चालन हुने झापा गोल्डकप प्रतियोगितामा आयोजकले दिनहुँ फरक फरक व्यक्तिलाई प्रमुख अतिथि बनाउँदै आएको छ । फागुन १८ गते उद्घाटन खेलमा प्रदेश–१ का कानुन मन्त्री समेत रहेका हिक्मत कार्की प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
१९ गते बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, २० गते शिक्षा सेवी जयनारायण ढुङ्गाना,२१ गते कनकाई नगरप्रमुख राजेन्द्र पोख्रेल, २२ गते कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र २३ गते संघीय संसाद पवित्रा निरौला(खरेल) प्रमुख अतिथिको रुपमा स्टेजमा वसेर खेलको मज्जा लिनुभयो ।
झापा गोल्डकपलाई सबै माझ लोकप्रिय र सबैको अपन्त्व हुने बनाउन हरेक दिन फरक–फरक ब्यक्तिलाई प्रमुख आतिथि बनाउने गरेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । उ
हाँले भन्नुभयो– राजनीति भन्दा फरक हो खेल क्षेत्र यसले सवैलाई एकै ठाउँमा उभ्याउने भएकाले हामीले फरक फरक दिन फरक फरक व्यक्तिलाई प्रमुख अतिथि बनाएका हौं ।