काठमाडौं,फागुन २४
स्वतन्त्र मधेस अभियानका नेता चन्द्रकान्त राउतले सरकारसँग भएको सहमतिलाई ऐतिहासिक भनेका छन्। यो सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेको भन्दै उनले धन्यवाद दिएका छन्।
विहिबार सभागृहमा भएको कार्यक्रममा राउत र गृहमन्त्री रामबहादुर थापाबीच ११ बुँदे राजनीतिक सहमति भएको हो। प्रधानमन्त्री ओलीको रोहबरमा भएको उक्त सहमति पछि राउतले स्वतन्त्र तराईको माग नगर्ने भएका छन्।
उनले आजसम्म पनि आफूहरू अहिंसात्मक आन्दोलन गरेको र त्यो आन्दोलन समुदायविरूद्ध नभएको बताए।
'राज्याबाट दमन भएपनि हामीले त्यसको प्रतिउत्तरमा केही गरेनौँ। हिंसात्मक हुन सक्थ्यौँ तर हिंसामा हामीले विश्वास गरेनौँ,'उनले भने, 'तर यो सहमति गर्न प्रधानमन्त्री ओलीले आफै पहल गर्नुभयो र सुरक्षित अवतरण भयो। धन्यवाद प्रधानमन्त्रीज्यू!'