• काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. चन्द्रकान्त राउत (सिके) लाई पुष्पकमल दाहाल प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेताको संज्ञा दिएका छन् । राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि मन्तब्य दिँदै ओलीले यस्तो बताएका हुन्

    ‘सिके राउतमा पनि निर्णय क्षमता देखेँ, पुष्पकमल दाहाल प्रचण्डमा त्यस्तो निर्णय क्षमता थियो । प्रचण्डले जनयुद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आउन यस्तै निर्णय क्षमता देखाउनुभएको थियो’, ओलीले भने, ‘सिके राउतमा पनि मैले त्यस्तो छाँटकाँट देखेँ, निर्णय क्षमता बलियो छ ।’

    राउतले पृथक धारको राजनीति गरेपनि शान्तिपूर्ण बाटो नभुलेको ओलीले बताए । ‘सिके राउतको एउटा पाटोले शान्तिपूर्ण राजनीतिको पक्षपोषण गरेको हो’, ओलीले भने, ‘अर्को पाटो पृथकतावादी आन्दोलन भनेका थियौँ । पृथकताबादी आन्दोलबाट यहाँ आउने क्रममा यो साधारण निर्णय भएको होइन, यो महत्वपूर्ण निर्णय हो ।’

    ओलीले राउत र उनको संगठनले बाटो बिराउने डर रहे पनि अब त्यसको अन्त्य भएको बताए । ‘राउतजीटेक्नोक्र्याट मात्रै होइन, एउटा थिंकर पनि हो’, ओलीले थपे, ‘त्यसैले यो निर्णय गर्न सक्नु भयो ।’

    लोकतन्त्रमा जनतको अभिमत र जनता सार्वभौम सम्पन्न हुने बताउँदै ओलीले बेला बेलामा जनअभिमत आन्दोलनका रुपमा प्रकट हुने प्रष्ट पारे । ‘राणाकालमा शान्तिपूर्ण रुपमा आन्दोन हुने अवस्था नै थिएन, त्यसैले जनताले फरक ढंगले प्रतिवाद गरे’, ओलीले भने, ‘अहिले त हामीसँग स्वतन्त्रता छ, त्यसैले जनतामाझ गएर आफ्ना एजेन्डा स्थापित गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…