• कुमार खड्का फागुन २४, पथरी
    चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको शुत्रवारको खेलमा वडा नम्वर १ ले वडा नम्वर ८ लाई १ का विरुद्ध ३ गोल गर्दै फाईनलमा आफ्नो स्थान पक्का पारेको छ ।
    गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिको अन्तिम चरणको सेमिफाईनल खेलमा वडा १ का लागि पहिलो गोल खेल सुरु भएको ४ मिनेटमै मन्दिप धिमालले गरेको थिए ।


    त्यस पछि दवावमा राखेको वडा नम्वर १ ले खेलको ४६ औँ मिनेटमा दावा तामाङले गोल गर्दै नतिजालाई २–० वनाएका थिए भने जित सुनिस्चित गर्ने क्रममा खेलको ५३ औँ मिनेटमा सुमन राईले प्रहार गरेको वलले गोलको दिशा लिदा १ ले ३–० ले आफ्नो अग्रता कायम गरेको थियो ।
    खेलको ५९ औँ मिनेटमा वडा नम्वर ८ का साधुराज राउतले १ गोल गरे जुन सान्तवना गोलका रुपमा कायम हुदा वडा नम्वर १ ले खेल ३–१ गोल अन्तरले आफ्नो पक्षमा पार्दै उपाधिका लागि फाईनलको यात्रा तय गरेको छ ।
    फाईनल भोली शनिवार वडा नम्वर १ र ९ का विचमा दिउसो ३ वजे देखी हुने खेल संयोजक विकी राईले जानकारी दिएका छन् ।
    आजको अन्तिम सेमिफाईनल खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का विशाल पाण्डे घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि हात पारेका छन् ।
    बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
    प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
    बिधागत बिजेताहरुले जनही २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…