कुमार खड्का फागुन २४,पथरी ।
हात्तीपाइले उन्मुलन अभियान अन्तर्गत औषधि खुवाउने अभियानमा शुत्रवार पथरी शनिश्चरे नगरपालिकामा ३ हजार १ सय ५८ जनाले औषधि सेवन गरेका छन ।
फागुन १५ देखि थालिएको अभियानमा औषधि खाने उत्साह बढ्दो क्रममा रहेको छ । हाल सम्म औषधि सेवन गर्नेको संख्या अभियानको १० औँ दिनसम्ममा नगरमा ५६ हजार १९ जना पुगेको छ ।
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान अन्तर्गत शुत्रवार सम्ममा ८ वटा वडामा अभियान सम्पन्न भएको छ भने वडा नम्वर ५र ६ मा ७५ प्रतिशत औषधी खुवाउने कार्यक्रम समपन्न भईसकेको र वाकी रहेको २५ प्रतिशत जनसंख्यालाई लाई पनि समय थप गरि घरदैलो कार्यक्रम मार्फत औषधी खुवाउने नगर प्रमुख दिलिप कुमार राईले वताए ।
विशेष गरि नगरको शैक्षिक धरोहरका रुपमा रहेको पथरी वहुमुखी क्यामपसमा आईतवार विहान विशेष कार्यक्रमको आयोजना विध्यार्थीहरुलाई औषधी खुवाउने कार्यक्रम रहेको जानकारी दिदै नगर प्रमुख राईले सवै विध्यार्थीहरुलाई उपस्थितिका लागि विशेष अनुरोध गरेका छन् ।
नगरलाई यो अभियान बाट हात्तीपाईले रोग मुक्त नगर वनाउने पालिकाको योजना रहेको कारण यस अभियानलाई सफल वनाउन सवै तह र तप्कामा रहेका व्याक्तित्वहरुलाई प्रमुख राईले विशेष अनुरोध गरेका छन् ।
अन्य वडाहरुमा औषधि सेवन गर्न कोही छुटेको भए यो महिनाभरी नजिकको स्वास्थ्य संस्थामा औषधि पाइने नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए ।
वडा नम्वर ५र ६ मा भोलि पनि यो अभियान निरन्तर रहने स्वास्थ्य संयोजक आचार्यले वताए । २ वर्षमाथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले औषधि खान कोहि पनि नछुट्न नगर प्रमुख दिलिपकुमार राईको अनुरोध छ ।
फागुन १५ देखि सुरु भएको अभियानमा अघिल्ला वर्ष भन्दा यस वर्ष औषधिप्रतिको भ्रम हटेकाले औषधि खाने उत्साह देखिएको उल्लेख देखिएको छ फागुन १५ गते १० वटा केन्द्रमा र १६ गतेदेखि घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा १० वडाका लागि प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको छ ।