• उर्लाबारी । मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार मोरङका दुई पत्रकारलाई प्रदान गरिने भएको छ ।
    रातोकलम डटकममा प्रधान सम्पादक तेजन खड्का र साईनो खबर डटकमका प्रधान सम्पादक फिपराज बेघालाई जनही १० हजार १ रुपैंया÷ १० हजार १ रूपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिने भएको ‘स्व.सूर्य बहादुर सोम्याहाङ राई र स्व. जगत बहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार’को अक्षयकोषका संयोजक गोपाल काफ्लेले जनाकारी दिए ।

    पत्रकारिता पुरस्कार छनौट समितीका अध्यक्ष धनकुमार तामाङ्गले तामाङले पूर्वी मोरङलाई कार्यक्षेत्र बनाई निरन्तर कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहित गर्न यस पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने बताएका छन् । सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज वितरण गरिने भएको छ । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।
    पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गरेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…