• फागुन २५, पथरी
    मोरङको पथरीमा रहेको लायन्स क्लव अफ पथरी र लायन्स क्लव अफ योङहार्टले १ लाख ६० हजार मुल्य वरावरको ह्विल चेयर प्रदान गरेको छ ।
    लायन्स क्लव अफ अन्र्तराष्ट्रियको सहयोगमा पथरी शनिश्चरे नगरमा स्थापित २ सस्थाको आयोजनामा शारिरिक रुपमा अशक्त रहेका नगर क्षेत्रका ४ जनालाई प्रदान गरेको छ ।


    ह्विल चेयर प्राप्त गर्ने हरुमा वडा नम्वर ५ हसन्दहका ६३ वर्षीय मोहन प्रसाद दंगाल,वडा नम्वर २ का ७३ वर्षीय मनमाया विश्वकर्मा,वडा नम्वर ९ का ५५ वर्षीय कुल वहादुर धिमाल र वडा नम्वर ६ का २५ वर्षीय वशन्त रोक्का रहेको लायन्स क्लव अफ योङहार्टका अध्यक्ष लायन केदार बोहोराले वताए ।
    स्थापना कालदेखी लायन्सले नगर क्षेत्रमा गरिवी निवारण,शैक्षिक उननयका क्षेत्रमा र अन्य सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको लायन्सका अध्यक्ष उमेश खड्काले वताए ।
    ह्विल चेयर वितरण कार्यक्रमको प्रमुख अथितिका रुपमा रहेका नगर प्रमुख दिलिप कुमार राईले लायन्सले गरेको कार्यले समाजमा सकारात्मक सन्देश बोकेको वताए ।


    दुवै सस्थाले गरेको समाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्न नगरपालिका तयार रहेको कार्यक्रमका प्रमुख अथिति राई र विशिष्ठ अथिति नगर उप प्रमुख यमुना विष्ट वास्तोले प्रतिवद्धता जाहेर गरेका छन् ।
    कार्यक्रम नगरपालिकाको वडा नम्वर ९ र ४ को स्थानिय वजार शनिश्चरे चौकमा सम्पन्न भएको हो । वितरण कार्यक्रम लायन्स उमेश खड्का र लायन्स केदार बोहोराको सभापतित्वमा समपन्न भएको छ ।
    कार्यक्रममा दुवै लायन्सका पदाधिकारीहरुको वाक्लो उपस्थिीती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…