• काठमाडौं : वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले बम विस्फोट गराएको छ ।

    महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गर्ने बताएकाे छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडेेल घाइते भएका छन् । पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

    शक्तिशाली बम विष्फोटबाट गुरूङसहित अन्य दुईजनाको घरमा क्षति पुगेको छ । बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका छन् । शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका छन् ।

    विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

    प्रहरीका अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।

    उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ ।

    अध्यक्ष गुरुङले ७ बजेर ४० मिनेटमा विस्फोट भएको बताए । ' विस्फोट भएको ५-७ मिनेटमा आगोको मुस्लो गयो । आगोको धुवाँ निस्कने गरी आगो लाग्यो', गुरुङले भने, 'छिमेकीको सहयोगमा आगो नियन्त्रण्मा आयो । आज दिनभरि गाडी घरमा नै राखेको थिएँ ।'

    गुरुङका अनुसार गाडी पार्किङ गरिएको ठाँउमा ग्यासको सिलिण्ड नराखिएकाले सुनियोजितरुपमाा सिलिन्डर बम विस्फोट गरिएको हो । सिलिन्डरका टुक्रा घरको चार तलामाथिसम्मको ढोका उछिटिएर छिरेका थिए ।

    महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 'एक्कासी आवाज आएपछि बाहिर हेर्दा मेरै ग्यारेजमा रहेको गाडीबाट धुवाँको मुस्लो देखे', उनले भने, 'तल आएर हेर्दा गाडी जलिरहेको थियो । यहाँ ग्यास सिलिन्डर होइन बम नै पड्काइएको हो । यहाँ कसैले पनि सिलिन्डर राखेको थिएन ।'अन्नपूर्णपोष्टमा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…