• फागुन २५



    मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्रा्ष्ट्रिय मूर्तीकला कार्यशाला सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यसालामा ६ देशका ३० जना मुर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
    सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगामा मुर्ति कुदेर पर्यटक लोभ्याई राखिएको छ । त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारले आफ्ना नया सृजना कुदिर छाडेका छन ।
    राम्रा राम्रा कला कृतीहरु निमार्ण गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णको थालनि गरेको वडा अध्यक्ष गंगा याक्खाले बताउछन ।
    ५० वटा मुर्ति तयार गरी सुन्दर बगौचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । सो पार्कमा जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामा सहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार रहेको सुन्दर मुर्ति वनमा सजिएका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति तयार पारेका हुन् । सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा तयार पारि आउदा दिनमा पुर्वकै नमुना पार्क निमाण गर्ने सोच लिएको वनका अध्यक्ष छत्र लिम्बु बताउछन ।
    करिब १ करोड ८४ लाखको लागतमा तयार भएकोे पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को मुर्तिका साथ मनमोहर काल्पनिक मुर्ती सहित बेलबारीलाई पहिचान गराउने सृजना रहेको कार्यसालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याक्खाले बताए ।
    पार्कमा आउने पर्यटकको मन लोभ्याउन अफ्नो सुन्दर अकृती तयार गरि पर्यटक माझ छोड्न अफुहरु लागि परेको कलाकार हिम्मत नेम्वाङ बताउछन ।

    सो कार्यसाला बेलबारीका कलाकार धनु याक्खा द्धारा धनु आर्ट स्टुडियोको सहयोग बेलबारी नगरपालिका तथा सृजना सामुदायीक वनको आयोजनामा सुरु भएको छ । कार्यसाल सम्पन्न गराउनको लागि बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…