काँकरभिट्टा । पूर्वको पर्यटकीय तथा धार्मीक क्षेत्र इलामको कुटीडाँडामा सुविधा सम्पन्न होटल शनिवारबाट सञ्चालनमा आएको छ ।
पूर्वकै चर्चीत पर्यटकीय स्थलका रुपमा परिचित इलामको कुटीडाँडामा होटल संचालनमा ल्याईएको हो ।
स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई सहज र सुविधा प्रदान गर्ने उदेश्यका साथ पाथीभरा दर्शन प्रालिद्धारा हिल उड होटल एण्ड रिसोर्ट संचालनमा आएकोहो । रिसोर्टको शनिवारबाट औपचारकि उद्घाटन भएको छ ।
झापा मेचीनगर ७ आइयावारी निवासी वीरबहादुर कटुवालले उक्त रिर्सोट सञ्चालनमा ल्याएका हुन् । करिब ४ करोड ५० लाखको लागतमा निर्माण भएको रिसोर्टले यस क्षेत्रमा सुविधा सम्पन्न होटल संचालनमा आउदा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ । इलामको रोङ गाउँपालिका कुटीडाडाको पाथीभरा मन्दिरकै काखमा कटुवालले इलाम क्षेत्रकै नमुना होटलका रुपमा संचालन गर्ने सोचका साथ आफुले संचालनमा ल्याएको बताए ।
पछिल्लो समय इलाम पर्यटकको हब बन्दै गरेको छ । इलाम पर्यटकको हब बनुका मूख्य कारण श्रीअन्तु, पर्यटकको लागि मनोरञ्जनको केन्द्र बनेको छ । इलाम पर्यटकीय क्षेत्रको हव बनेसँगै ठूला र सुविधा सम्पन्न स्टार होटलहरु धमाधम खुल्ने क्रममा रहेका छन् ।
यसले गर्दा स्वदेश तथा भारत, बङ्गला देश आसम, गुवाटी,सिक्किम ,दाजिलिङबाट धार्मिक पर्यटक ताप्लेजुङ्गको पाथिभारा दर्शन गर्नका लागि यो इलामको बाटो हुदै जाने भएका कारणले पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
सो होटलमा ४ वटा पर्यटकीय मैत्री र एक होटल सहितको भवन रहेको छ । सो होटलमा जाने पर्यटकहरु तथा ग्राहकहरुका लागि इलामका बिभिन्न क्षेत्रको अवलोकन तथा सूर्योदयको दृश्य अवलोकन समेत गराइने व्यवस्थापन किसन थापाले बताए । उनका अनुसार होटलमा गा्रहकको रोजाइ अनुसारको खाना पाइने उनले बताए ।
पर्यटकीय क्षेत्रमा खुलेका यस प्रकारका सुविधा सम्पन्न होटलहरु बाट स्वदेश तथा बिदेशका पर्यटकहरुलाई सहज हुने पर्यटन व्यावसायी शंकर भट्टराईले बताए । जिल्ला ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले भारतीय पर्यटकहरुलाई विशेष प्याकेजका साथ यस क्षेत्रमा ल्याउन सकिने र यो रिसोर्ट सञ्चालनले हामी पर्यटन व्यवसायीहरुका लागि कोशेढुङ्गा सावित हुने बताए ।
उद्घाटन समारोहमा झापा र इलामका सञ्चारकर्मी, पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा पर्यटकहरुको बाक्लो सहभागिता रहेको थियो ।