• कुमार खड्का फागुन २५, पथरी
    चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको शनिवारको फाइनल खेलमा वडा नम्वर १ ले वडा नम्वर ९ लाई ० का विरुद्ध २ गोल गर्दै फाईनलको ट्रफि चुमेको छ ।
    गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिको अन्तिम चरणको सेमिफाईनल खेलमा वडा १ का लागि खेलको ५० औँ मिनेटमा साईमन लिम्वूले गोल गरेका थिए भने ५९ औँ मिनेटमा १ का खेलाडी सुमन वान्तवाले थप गोल गर्दै टिमलाई २–० अग्रता कायम गराएका थिए ।
    फाईनलको ट्रफि चुम्नका लागि बान्तवाको गोल नै निर्णायक गोल वने सगै वडा नम्वर १ नगद ५१ हजार र ट्रफि हात पारेको छ ।
    प्रतियोगिताकै उत्कृष्ट खेल पस्कदा पनि वडा नम्वर ९ भने उपविजेतामा सिमित हुदै नगद ३१ हजार सहित ट्रफि,मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ ।


    विधागत तर्फ चौथो वडा स्तरिय नगर कपको सर्व उत्कृष्ट खेलाडी वडा नम्वर १ का सुमन राई घोषीत हुदै नगद ३ हजार ५ सय हात पारेका छन् ।
    विधागत उपाधि हात पार्ने क्रममा सर्वाधिक गोल कर्ताको पुरस्कार पनि राईले हात पारेका छन् जसको धन राशी २ हजार ५ रुपैया रहेको छ अन्य विधागत पुरस्कार मा वडा नम्वर १ का चन्द« लिम्वू ले उत्कृष्ट गोलरक्षको पुरस्कार हात पारेका छन् त्यस्तै उत्कृष्ट डिफेन्समा वडा नम्वर १ का मिन धिमाल घोषीत भएका छन् ।
    उत्कृष्ट मिड फिल्डको पुरस्कार वडा नम्वर ९ का साईन राई ,उत्कृष्ट फर्रवाडमा ९ कै सेनेहाङ राई उदयमान खेलाडीमा वडा नम्वर २ का सन्दिप मगर घोषीत भएका छन् विधागत पुरस्कारको धन राशी २ हजार ५ सय रहेको छ ।


    आजको फाईनल खेलको म्यान अफि दि म्याच वडा नम्वर १ का साईमन लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि र मेडल हात पारेका छन् ।
    उत्कृष्ट प्रशिक्षको पुरस्कार वडा नम्वर १ प्रशिक्षक राष्ट्रिय खेलाडी दिपक राई नगद २ हजार ५ सय ट्रफि,मेडल र प्रमाण पत्रले सम्मानित भएका छन् ।
    खेल स्थानिय पञ्चायत माध्यमीक विध्यालयको मैदानमा भएको थियो ।
    सोही अवसरमा सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार बाट २ जना पत्रकार हरुलाई समेत सम्मान गरिएको छ नगद १० हजार १ रुपैया धन राशि रहेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति अग्रज पत्रकारीता पुरस्कार वाट लामो समय देखी पथरीलाई कार्यक्षेत्र वनाएर कलम चलाउदै आएका पत्रकार हाल साईनो खवरका प्रधान सम्पादक फिपराज वेघा सम्मानित भएका छन् ।


    सोही स्मृति पुरस्कार बाट उर्लावारीलाई कार्यक्षेत्र वनाएर पत्रकारीता गरि रहेका रातो कलम डट कम का सम्पादक तेजन खड्का क्रियाशिल पत्रकारीता पुरस्कार वाट सम्मानित भएका छन् ।
    पत्रकारिता पुरस्कार छनौट समितीका अध्यक्ष धनकुमार तामाङ्गले तामाङले पूर्वी मोरङलाई कार्यक्षेत्र बनाई निरन्तर कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहित गर्न यस पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने बताएका छन् ।
    सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज वितरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।
    पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गरेका हुन् ।
    ‘स्व.सूर्य बहादुर सोम्याहाङ राई र स्व. जगत बहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषका संयोजक स्थानिय पत्रकार गोपाल काफ्लेले रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…