बाहुनडाँगी, २५ फागुन । सौराहा जेसीज र सौराहा लेडिज जेसीजले शनिवार पर्यटकीय नगरी सौराहामा संरक्षण,पर्यटन र विकास निर्माणको विषयमा नागरिक सम्वाद कार्यक्रम गरेको छ । वन्यजन्तु संरक्षणको लागि भएको प्रयास,पर्यटन प्रर्बद्धनका लागि गरिएको काम र विकास निर्माणमा भएका उपलब्धीहरुका विषयमा संरक्षणकर्मी,जनप्रतिनिधि, नागरिक बीचमा सम्वाद गराउन कार्यक्रम आयोजना गरिएको सौराहा जेसीजका अध्यक्ष शिवप्रसाद भूषालले बताए । संरक्षणसंग जोडिएको पर्यटनमा निकुञ्ज,मध्यवर्तीले खेल्नु पर्ने भूमिका र विकास निर्माणमा जनप्रतिनिधिले गरेका कामहरुको विषयमा अन्तरसम्वाद गरिएको थियो ।
निकुञ्जमा संरक्षणको लागि भएका प्रयासहरुको वारेमा जानकारी दिन प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल,मध्यवर्ती स्तरमा भएका संरक्षणको वारेमा जानकारी दिन मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना,विकास निर्माणको विषयमा वडाबासीलाई जानकारी गराउन वडा नं ५ का वडा अध्यक्ष कृष्ण महतो,वडा नं ६ का कार्यबहाक वडा अध्यक्ष किरण महतो र वडा नं ७ का वडा अध्यक्ष राजन भट्ट कार्यक्रममा सहभागि गराएका थिए । कार्यक्रममा नागरिकले सोधेका प्रश्नहरुले माथी उल्लेखि व्यक्तिहरुले जवाफ दिएका थिए । नागरिकले वन्यजन्तु संरक्षणमा, मावन वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणमा भएका काम,पर्यटन पूर्वाधार निर्माण,सडक,खानेपानी,शिक्षा र स्वास्थ्यको वारेमा जिज्ञासा राखेका सौराहा जेसीजका महासचिव सुरेश भूषााले जानकारी दिए । सौराहा जेसीजका अध्यक्ष शिवप्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु थापाले कार्यक्रमको उद्देश्यका वारेमा प्रकास पारेका थिए ।