• देबु बानियाँ
    धुलावारी, २५ फागुन । पवित्रा भेषराज खतिवडा तथा भरत भूर्तेल स्मृति प्रतिष्ठानको आयोजनाले हरेक वर्ष प्रदान गर्ने भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष कान्तिपुर दैनिकका ताप्लेजुङ सम्वाददाता आनन्द गौतम सम्मनित भएका छन् । शनिवार धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न प्रतिष्ठानको पुरस्कार वितरण समारोहमा गौतमलाई नगद २५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । यो पत्रकारिता पुरस्कार गत वर्षदेखि वितरण गर्न थालिएको हो । गत वर्ष कान्तिपुरकै झापा सम्बातदाता पर्वत पोर्तेल सम्मानित भएका थिए ।
    यसैगरी उत्कृष्ट विद्यालयको रुपमा गडिगाउँ मावि बुद्धशान्ति पुरस्कृत भएको छ । उत्कृष्ट विद्यालयलाई नगद रु ५१ हजार नगद सहित सम्मान गरिएको छ ।
    उत्कृष्ट शिक्षकको रुपमा धुलाबारी माविका सहायक प्रधानध्यापक तेजप्रसाद चम्लागाईँ सम्मानित भएका छन् । चम्लगाईलाई नगद १० हजार रुपैँया सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट विषय शिक्षकको रुपमा गडिगाउँ माविका गणित विषयका शिक्षक रुद्रमणी खतिवडा नगद १० हजार रुपैँया सहित सम्मानित गरिएको छ । त्यसैैगरी गत बर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल अब्बल छात्राको रुपमा सरस्वती बालकल्याण मावि मेचीनगर १२ की छात्रा श्रद्धा बस्नेत र छात्र तर्फ शान्तिआदर्श मावि शान्तिनगरका खेमराज लेप्चालाई सम्मानित गरिएको थियो । त्यसैगरी लोपोन्मुख लाप्चा जातिबाट छात्रा तर्फ शान्तिआदर्श माविमा कक्षा ११ मा अध्ययनरत सुस्मिता लाप्चा र सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सन्तोष लाप्चालाई नगद ५ हजार रुपैँया छात्रावृत्ति स्वरुप प्रदान गरिएको थियो । पुरस्कत व्यक्तित्वहरु र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले प्रदान गरेका थिए ।
    प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, नया पत्रिका दैनिकका प्रधान सम्पादक कृष्ण देवकोटा र भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक चन्द्र भण्डारीले पुरस्कृत व्यक्तीको नाम घोषणा गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव शिरोसान्दाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…