• बिर्तामोड । बिभागीय टीम त्रिभुवन आर्मीले क्यामरुनी टिम दाफिन्सलाई १–० ले स्तब्ध बनाउँदै झापा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

    अघिल्लो दुई संस्करण जितिसकेको आर्मीले शनिबार दाफिन्सलाई हराउँदै उपाधिका लागि झापा ११ सँग भेट पक्का गरेको छ । दाफिन्सलाई आर्मीले पोखराको आहा रारामा पनि १–० गोलले नै स्तब्ध बनाएको थियो । दाफिन्सको अर्को महत्वपूर्ण उपाधि रक्षा गर्ने अवसरबाट बञ्चित बनेको छ ।

    साविक विजेता आर्मीले आत्मघाती उपहार गोलबाट फाइनलमा जाने अवसर प्राप्त गरेको छ । भरत खवासको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाफिन्सका सिलो नाङ्गाले छातीले बललाई नियन्त्रण लिन खोज्दा जाली चुमेको थियो । बिमल पाण्डे खेलको म्यान अफ दी म्याच बन्दै नगद १५ हजार रुपैयाँ पाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…