• बाहुनडाँगी । ‘‘उद्यमशिलताका लागी युवा सम्मेलन २०७५’’ गैंडाकोटमा सम्पन्न भएको छ । गैंडाकोट जेसीजको आयोजना तथा गैंडाकोट नगरपालिकाको सहयोगमा युवाहरुमा उद्यमशिलता विकास गर्ने उद्धेश्यले बिहिबार कार्यक्रम संचालन गरिएको हो । बढ्दो बेरोजगारीको समस्या न्युनिकरण गरि उद्यमशिलताको विकासद्धारा मुलुकमा स्वरोजगार गराउन कार्यक्रम गरिएको कार्यक्रमको आयोजक गैंडाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष भानुभक्त रिमालले जानकारी दिनुभएको छ ।

    कार्यक्रमका मुख्य वक्ता उद्योगपति एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले करिब ४६ मिनेट युवाहरुलाई प्रशिक्षण प्रदान गर्दै युवाहरुमा नयाँ सोच र संकल्प भए सफल उद्यमी बन्न सकिने स्पष्ट पार्नुभएको थियो । युवाहरु साधन स्रोतको अभाव जस्ता विभिन्न बहानामा उद्यमशिलता विकास गर्न वा केहि रचनात्मक कार्य बाट पछिपरेर परिष्थितिलाई दोष दिन नहुने बताउनुभएको थियो ।

    उहाँले ४० वर्ष अघि आफु कठिन परिष्थितिमा संर्घष गर्दै चौधरी ग्रुपको परिकल्पना गरेको स्मरण गर्दै अहिले चौधरी ग्रुप विश्वको प्रतिष्ठित संस्थाका रुपमा विकसित भएको खुलासा गर्नुभयो । युवाहरु आफ्नो क्षमता र आत्मविश्वासमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । सकारात्मक सोच, दृढ संकल्प र इच्छाशक्ति भए युवाहरु सधै सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    फरक प्रसंगममा उद्योगपति चौधरीले अहिलेका युवाहरु सुचना प्रविधिको सदुपयोग गर्दै विकसित प्रविधिको पुरा फाइदा लिन सक्नुपर्ने तर्क गर्नुभएको थियो । विकसित प्रविधिको विकास संगै अब नवलपुरको युवा लण्डनको युवा सरह दक्ष एवं क्षमतावान बन्नुपर्ने तर्क गर्नुभएको थियो । चौधरी फाउण्डेसनका अध्यक्ष समेत रहेका उद्योगपति चौधरीले आफ्ना जिवनका विभिन्न अनुभव राख्नुका साथै विश्वमा भएगरेका विभिन्न घटना क्रम जोड्दै युवाहरुलाई उत्प्रेरणा प्रदान गर्नुहुदैं नवलपुरको विकासमा आफु सधै लाग्ने समेत धारणा राख्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले युवाहरुलाई आत्मनिर्भर बन्न प्ररित गर्दै मुलुक भित्र राम्रा–राम्रा योजना बने पनि राजनैतिक कारणले पुर्णता हुन नसकेकोले हालसम्म मुलुक पछाडी परिरहेको बताउनुभएको थियो । उहाँले मुलुक भित्र धेरै सम्भावना रहेकाले नयाँ युवाहरु स्वदेशमै उद्यमी बन्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।
    कार्यक्रममा अर्का वक्ता नेपाल टेलिभिजनका पूर्व कार्यकारी निर्देशक तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश दाहालले युवाहरु आफ्नो व्यक्तित्व विकास गरि उद्यमशिलता तर्फ अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक सोचको विकासले नै बनाईएका उद्धेश्यहरु पुरा हुनेभएकाले हरेक कुरालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभएको थियो ।

    समारोहमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जेसीजका युवाहरुले महत्वपूर्ण कार्य गरेको भन्दै युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुसाल, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
    कार्यक्रममा गैंडाकोट जेसीजका अध्यक्ष भानुभक्त रिमालले अभियानका रुपमा युवा सम्मेलन २०७५ आयोजना गरिएको बताउँदै आगामी दिनमा युवा लक्षित थप रचनात्मक कार्यक्रम गर्दै जाने बताउनुभएको थियो ।
    दक्ष जनशक्ति मुलुक भित्रबाट पलायन भइरहेको सन्र्दभमा मुलुक भित्रै युवाहरु बस्ने बातावरण शिर्जना गर्न उत्प्रेरणा दिन आयोजना गरिएको कार्यक्रम सबैको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष रिमालले प्रतिक्रृृया जनाउनुभएको छ । समृद्धि खबर पत्रिका संग कुराकानी गर्दै उहाँले सोच अनुरुप कार्यक्रम सम्पन्न भएको प्रतिक्रृया दिदै आगामी दिनमा थप समाजप्रति जिम्मेवार बन्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
    कार्यक्रममा नवलपुर र चितवनका करिब आठ सय जना युवाहरुको सहभागिता रहेको जनाइएको छ । यस क्षेत्रका करिब २२ वटा उच्च मा।वि।को संस्थागत सहभागिता तथा अन्य शैक्षिक संस्था, जेसीजका विभिन्न शाखाका सदस्यहरु, उद्योगी व्यवसायी, विभिन्न संघ संस्था प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।जेसीजका संस्थापक अध्यक्ष बद्रिप्रसाद सापकोटाको स्वागत मन्तब्य, कार्यकारिणि उपाध्यक्ष शुसिल काफ्लेको सहजिकरण रहेको कार्यक्रम गैंडाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष एवं कार्यक्रम संयोजक भानुभक्त रिमालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…