• बाहुनडाँगी । प्रस्तावित रमाइलो जेसीजको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । पथरी जेसीजको मातृत्वमा गत वर्ष स्थापना भएको रमाइलो जेसीजले पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
    साधारणसभाको उद्घाटन नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष केशव निरौलाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष निरौलाले मोरङको रमाइलोमा जेसीजको प्रवेशले आम युवाहरुलाई गर्वको अनुभूति भएको बताउनु भयो । उहाँले जेसीजले आम युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास गर्दै उद्यमशीतातर्फ अघि बढाउने भएकाले यहाँ रहेका युवाहरुलाई थप उत्साहित बनाएको बताउँदै उहाँले हरेक युवाहरुलाई जेसीजमा लाग्नु अनुरोध गर्नु भयो ।
    कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले रमाइलो जेसीजको स्थापनासँगै यस क्षेत्रका युवाहरुलाई उद्यमशीतामा लाग्नु आग्रह गर्नु भयो । जेसीजको मिसन र भिजन अनुसार अघि बढ्दै युवाहरुलाई समेटेर अघि बढ्न आग्रह गर्नु भयो । कार्यक्रममा मातृत्व प्रदान गरेको पथरी जेसीजका अध्यक्ष मानबहादुर दियालीलगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
    शाखाका संस्थापक अध्यक्ष हिमप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन अधिकारीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…