• काठमाडौँ । शून्य उपलब्धीलाई ठूलो उपलब्धी ठान्ने गरेका अर्थमन्त्री डा. युवराज खतिवडाकै कारण मुलुक टाटपर्ने सम्भावना बढेको छ ।

    लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेको वर्तमान अवस्थामा खर्च पनि हुनसकेको छैन ।

    चालु वर्षमा १३ लाख १५ अर्ब १६ करोड १७ लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

    कम्युनिष्ट सरकारको नीतिका कारण वैदेशिक लगानी घटेको र रेमिट्यान्सबाट मात्र मुलुक धानिएको जानकारहरूले बताएका छन् ।

    सरकार वैदेशिक लगानी सम्मेलनमा जुटिरहेको अवस्थामा अर्थमन्त्रीको कार्यशैली र नीतिका कारण आशा गरे अनुसार लगानी नभित्रिने ठहर अर्थविद्हरूले गरेका छन् ।

    बजार भाउको अनियन्त्रण घरजग्गा कारोबारमा मन्दी शेयरबजार ओरालो लागेको अवस्था लगाएताका कारणले मुलुकको अर्थतन्त्र निराशाजनक बन्न पुगेको छ ।

    राजश्व संकलनमा कमी र वैदेशिक सहायतामा पनि कमी आउन थालेपछि मुलुक टाट पर्ने दिशामा अगाडि बढेको समाचार स्रोतले जानकारी दिएको छ ।

    सरकारले खर्च गर्न नसकेर विकास आयोजनाहरूले समेत गति लिन नसकेको समाचारमा उल्लेख गरिएको छ ।

    अर्थमन्त्री कै कारण मुलुकको सम्वृद्धि धरापमा परेको र प्रधानमन्त्री ओलीको सपना–सपनामात्रै बन्ने नयाँ विमर्शमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…