• काठमाडौं, २६ फागुन । पूर्व पञ्चहरुका पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच अहिले नेता कार्यकर्ता तानातान गर्नमै व्यस्त छन् ।

    एउटा पार्टीमा रहेका नेता कार्यकर्ता अर्को पार्टीमा तान्नका लागि उनीहरुले जन्मेदेखिको बल लगाइरहेका छन् । दुई पार्टीले एक÷एक समूह अर्को पार्टीबाट आफ्नो पार्टीमा भित्रयाएका छन् ।

    जनस्तरका कार्यक्रममा पनि उनीहरुबीच प्रतिष्पर्धा नै देखिएको छ । अहिले दुवै पार्टी जनस्तरका कार्यक्रममा होमिएका छन् । राप्रपा १५ देखि ३० फागुनसम्म राष्ट्रिय स्वाभिमान यात्रामा छ  । स्वाभिमान यात्रामा उसले हिन्दूधर्म, राष्ट्रियता लगायतका मुद्दामा आम नागरिकलाई सचेत बनाइरहेको जनाएको छ ।

    राप्रपा संयुक्तले सबै प्रदेशमा आमसभा र भेला गरी आफ्ना कार्यकर्ता सुरक्षित गर्ने तथा राप्रपाका कार्यकर्ता तान्ने कोसिस गरेको छ । पार्टीको प्रदेश १ भेलाका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार विराटनगरमा उद्घाटन गरेका छन् ।

    सो भेला बुधबारसम्म चल्ने केन्द्रीय सदस्य केशव श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपा संयुक्तले २४ फागुनमा प्रदेश २ स्तरीय भेला जनकपुरमा, २ चैतमा प्रदेश ५ को कपिलवस्तुमा, ३ चैतमा दाङ र नेपालगन्ज तथा ४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा भेला गर्ने तय भएको छ ।

    राप्रपा प्रजातान्त्रिकमा बोहरा नेतृत्वको समूह १२ फागुनमा राप्रपा प्रवेश ग(यो । बोहरासहित तत्कालीन नीलकण्ठ काफ्ले, प्रदीपकुमार उदय, बिन्दु पहाडी, राजेन्द्रप्रसाद श्रेष्ठ, सुरेन्द्र केसी, सरोज शर्मा, ताहिर अली, दिलीप बस्नेत, मीना स्वर्णकार, दीपक राई, गंगाराम कलवारसहित ५१ केन्द्रीय सदस्य र २३ जिल्ला समिति राप्रपामा प्रवेश गरे ।

    राप्रपाबाट अलग भएको घोषणा गर्ने समूहलाई राप्रपा संयुक्तले १५ फागुनमा पार्टी प्रवेश गरायो । प्रवेश गर्नेमा महामन्त्री जयन्त चन्दसहित गोविन्द खनियाँ, भरत गिरी प्रह्लाद शाह, गोविन्द दाहाल, विन्दा गिरी, दिनेश श्रेष्ठ, चिरागमानसिंह कँुवर, भरतबहादुर चन्द, सुन्दर खड्कालगायत छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…