बेलवारी ।हत्या गरिएकी बेलबारी ४ की रमिला राईको शव खोज्न प्रहरी र रमिलाका आफन्त छरछिमेकको टोली अहिले कोसी व्यारेज गएको छ । योगेन्द्र गुरुङले हत्या गरेर शव कोसी नदीमा फालेको प्रहरीलाई वयान दिएपनि शव भने भेटिएको छ्रैन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राई कमाण्डको प्रहरी टोली सहित गाउँलेको समुह पनि कोसी व्यारेज गएको हो । बेलबारी ४ बुधबारे स्थित रमिलाको घर गाउँले र प्रहरी सहितको टोलीले कोसी व्यारेज क्षेत्र गएका हुन् । प्रहरीले शव खोज्ने क्रम निरन्तर जारी राखेपनि खोलामा फालेको हुनाले भेट्न गाह«ो भएको छ ।
गत फागुन १७ गते शुक्रबारदेखि रमिला वेपत्ता भएकी थिइन् । योगेन्द्रसँगै घरबाट निस्किएकी रमिला सोही दिनदेखि वेपत्ता रहेकी थिइन् । रमिला वेपत्ता भएको केही दिन पश्चात योगेन्द्र पनि फरार रहेका थिए । गत शुक्रबार प्रहरीद्वारा पक्राउ परेका योगेन्द्रले आफुले रमिलाको हत्या गरी कोसीमा शव फालेको प्रहरीलाई वयान दिएका थिए ।