बेलबारी । मोरङको बेलबारीस्थित नेकपाका नेता एवं एमालेका पूर्व नगर अध्यक्ष योगेन्द्र गुरुङले हत्यापछि सप्तकोसी नदीमा फ्यालिदिएको बेलबारी ४ की २६ बर्षिया रमिला राईको शव खोजीमा प्रहरी जुटेको ४ दिन भयो । तरपनि अहिलेसम्म शव भेटिएको छैन ।
रमिलाको हत्या गरी कोशीमा फालेको गुरुङको बयानका आधारमा प्रहरी र स्थानीय समेतले कोशीमा शव खोजिरहेका छन । तरपनि उनको शव नभेटिएको प्रहरीले जनाएको छ । फागुन १७ गते घरबाट गुरुङ सँगै निस्किएकी रमिलाको सोही रात हत्या गरी कोशीमा फालेको गुरुङले बयान दिएका छन ।