• काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आउँदो चैत १ गते काठमाडौंमा समापन हुने भएको छ । यही फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको यात्रा देशका विभिन्न जिल्ला हुँदै काठमाडौं आएर समापन गर्न लागिएको राप्रपाले जनाएको छ । ताप्लेजुङबाट सुरु भएको यात्रा, झापा, मोरङ हुँदै पश्चिम नेपाल पुगेर काठमाडौँ फर्केपछि चैत १ गते समापन गर्न लागिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रलगायत २२ बुँदे माग राखेर राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा गरेको हो ।
    सो यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभासहित समापन गरिने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    २०७५ फागुन २७ गते

    प्रेस विज्ञप्ति
    राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरि देशका विभिन्न भागमा सञ्चालन गरिरहेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते अपरान्ह १२.१५ बजे काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभा सहित समापन हुनेछ ।
    मोहन श्रेष्ठ
    प्रचार विभाग प्रमुख, राप्रपा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…