• काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले त्यसको पुष्टि गरेको नेता सिंहले जिकिर गरे।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको ११ बुँदे सहमतिलाई के भनेर बुझ्ने भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे। उनले महत्वपूर्ण र गम्भीर विषयमा जिम्मेवार भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिए।

    उनले संविधानको मर्म र भावना विपरित खुलमखुल्ला मुलुकको स्वाधीता विरुद्ध भएका गतिविधिप्रति जिम्मेवार बन्न नेता सिंहले आग्रह गरे। उनले संसदीय निर्वाचनमा आफूहरुले हार व्यहोर्नु परेपनि जन जनको मनमा कांग्रेसप्रति सकारात्मक सोच रहेकाले कांग्रेसलाई कमजोर सोचेर जे सुकै पनि गर्ने छुट सरकारलाई नभएको चेतावनी दिए। उनले दुई तिहाइको नाममा मुलुकको अहित हुने काम आफूहरुलाइै सैह्य नहुने चेतावनी दिए।

    फरक प्रसंगमा नेता सिंहले पार्टीभित्र अहिले पनि बहुमतको बलमा पेलेर जाने पद्धति बसाउन खोजिएकाले पार्टी संगठनलाई असर गरेको बताउँदै अनुसान समिति बनाउने कुरामा आफ्नो अर्काको भन्दा पनि सहमतिको आधारमा सबैलाई मान्ने हुने गरी समिति बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…