• काठमाडौं । आउदो चैतदेखि राजधानीको सडकको धुलो ब्रुमरले सफा गर्ने भएको छ । काठमाडौं महानगरले चारवटा ब्रमुर नेपाल भित्र्याएपछि चैत देखि ती ब्रुमर प्रयोग गरी सडक सफा गरिने भएको छ ।

    धुलैधुलोले आक्रान्त काठमाडौका सडकमा ब्रुमर संचालन गरेपछि तुलनात्मक रुपमा सडक सफा हुने कामपाले दाबी गरेको छ । इटालीमा निर्मित ती ब्रुमर वल्ड वाइड ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको हो ।

    महानगरले चार महिना अघि टेण्डर आब्हान गर्दा सो कम्पनी छनौटमा परेको थियो । करिब ११ करोड रुपिया बराबरको पाच मध्य चारवटा नेपाल भित्रिएको कामपा वातावरण विभागका निर्देशक पुरुषोत्तम शाक्यले जानकारी दिनुभयो ।
    पाच मध्य एउटा केही दिनमै नेपाल भित्रने उहाले दावी गर्नुभयो ।

    नेपाल भित्रिएका चार ब्रुमर मिनभवन स्थित हेवी इक्युमेन्ट कार्यालयमा राखिएको छ । १ सय ७ किलोवाट क्षमता भएको ती ब्रुमर स्वचालित हुन । ब्रमुरले धुलो र माटो सफा गर्नुका साथै पानीले सडक सफा गर्न सक्छ । ब्रुमरमा ५ सय लिटर क्षमताको ट्याङकी जडित छ । ११ टनको ती बु्रमर काठमाडौका अधिकांस बाटोमा प्रयोग गर्न योग्य रहेको कामपाले जनाएको छ ।

    सम्झौता अनुसार वल्ड वाइड ट्रेडिङ प्रालिले ३ वर्ष सम्म चालक सहित संचालन र मर्मत गर्ने उल्लेख गरिएको छ । करिब दुई महिना अघि बु्रमरको स्पेसिफिकेशनको विषयमा अध्ययन गर्न दुई वडा अध्यक्ष, निर्देशक शाक्य सहित कामपाको टोली इटाली पुगेको थियो ।

    हाल नेपाल आएका चार बु्रमरका लागि कम्पनीले नै चालकको व्यवस्था गरेपछि ब्रुमर संचालनमा समस्या नहुने कामपाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

    उहाले भन्नुभयो–चालकको व्यवस्था भैसकेको छ । केही सामाग्री फिट गर्नासाथ चैतको पहिलो सातादेखि सडक सफागर्न शुरु गर्ने छौ । हाल महानगरपालिकासंग चारवटा ब्रुमर छन । तर ती सबै ब्रुमर कामै नलाग्ने गरी थन्किएको छ । २०६३ सालमा चीन सरकारको अनुदानमा प्राप्त तीन र अठारांै सार्क सम्मेलनमा खरिद गरिएको एक गरी चार ब्रुमर थिए ।

    भएका ब्रुमर कामै नलाग्ने भएपछि कामपाले नया ब्रुमर खरिद गर्ने प्रकृया अघि बढाएको थियो । कामपाले टेण्डर आब्हान गर्दा चार कम्पनी छनौटमा परेका थिए । तर बिड गर्दा वल्ड वाइड ट्रेडिङ प्रालिले टेण्डर पारेको थियो ।

    कामपा प्रमुख मेयरले ती ब्रुमर अति व्यस्त हुने वसपार्क, पर्यटकीय क्षेत्र ठमेल, पशुपति , बौद्ध, स्वयंभु, लगायतका स्थानको सडक सफा गर्न प्रयोग गरिने जानकारी दिनुभयो । ती बाहेक अति महत्वपुर्ण मानिएको कलंकी देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, थापाथली देखि महाराजगंज , रत्नपार्क देखि मैतिदेवी हुदै सिनामंगल ,महाराजगंज, वालुवाटार, सिंहदरबार परिसर लगायतका रुटमा संचालन गर्ने उहाले जानकारी दिनुभयो ।

    ब्रुमर नेपाल भित्रिए लगत्तै सोमबारदेखि कामपा वातावण व्यवस्थापन विभागले रुट तय गर्न शुरु गरिएको छ । नियमित बाहेक विशेष कार्यक्रम आयोजना हुने स्थानमा समेत ती ब्रुमर प्रयोग गरिने भएको छ । नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…