फागुन २९, काठमाडौं । तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु। नेपोलियन बोनापार्टको यो भनाइले मातृशक्तिको उचाइ र परिचय प्रस्ट झल्किन्छ। हरेक परिवारका सपना पूरा गर्ने खुबी महिला शक्तिमा हुन्छ। महिलाको जागरण र समानतासँग देशको समृद्धिका सपना बुनिन्छ। महिलासँग क्रान्तिको शक्ति हुन्छ तर शान्तिका लागि बिगुल घन्काउने सक्षमतालाई तिनले जगाउँछन्। महिलाको उत्थानसँग देशको समृद्धि गाँसिन्छ। मानव सभ्यतालाई जोगाउने खुबी महिलामा हुन्छ।
मातृशक्तिलाई चिन्ने नेपोलियनको अलिकति क्षमता पनि हाम्रो समाजका पुरुषहरूमा नदेखिँदा खेद प्रकट गर्न मन लाग्छ। यसको ज्जलन्त प्रमाणका रूपमा लिन सकिन्छ निर्मला पन्तको बलात्कारपछि हत्या घटनालाई। निर्मलाको न्यायका लागि अभिभावकको विलाप र जनताको समर्थन हुँदा पनि वास्तविक दोषी फेला पार्न नसक्नु भनेको राज्यको अकर्मण्यता हो। सामन्ती राज्य व्यवस्थाले स्थापना गरेका झुमा प्रथा, देउकी प्रथा, छाउपडीजस्ता सामन्ती प्रथाले महिलालाई अपमान गरिरहँदा क्रान्तिकारीहरूलाई धिक्कार्न मन लाग्छ। कतै उनीहरू पनि हिजकै सामन्तवादीकै उत्तराधिकारी त हैनन् रु
आत्मबल र आत्मनिर्भरताको जग बनाउन नसक्ने महिलाहरू पीडाको भागीदार बनिरहेका छन्। महिला हिंसा पुरुषबाट मात्र भएनन्, आफैं आमा बनिसकेकी हजुरामाले नाति नपाएका कारणले भएको छ। आमाजूबाट भएको छ। जानाजान सौता बन्न लहसिने महिलाबाटै पनि हुन थालेको छ। पुरुषको पाखण्डीपनालाई पसल थापेर पैसामा पापकुण्डको रौरव चलाउने उद्योगको विकास महिलाबाटै भएका छन्। त्यसलाई गरिबीले बल पुर्यायो। अशिक्षा र अज्ञानताले लाचार भएर बाँच्न बाध्य तुल्यायो।
हाम्रो समाज लैंगिक समानताका नाममा विकृत र उच्छृंखल बन्दै जाँदा महिला र पुरुष दुवै समस्याका सिकार बनिरहेका छन्। मनोवैज्ञानिक अशान्तिको ज्वालालाई आफैं रोपेर आफैं पिल्सिइरहेका पीडा छन्। पश्चिमी शैलीको अन्धो यौनमनोविज्ञानलाई अपनाएर बालक फाल्ने, दूधे बालक छोडेर अर्कैको अँगालो रोज्ने, काखको बच्चासमेत बेचेर पैसा असुल्ने, अर्काका लागि बच्चा जन्माइदिनेसम्मका हर्कतका कारण आजको युगमा समाजलाई कतिपय महिलाले बिगार्न बाँकी राखेका छैनन्।
हिजोआज महिलाहरू असुरक्षित हुने खतरा जति बढेको छ त्यति हिजो थिएन। यसमा एक त फेसनेबल हुने प्रवृत्ति अर्को अत्याधुनिकता, फिल्मी संसारबाट लिएको गलत बुझाइको सन्देशात्मक प्रभाव र असचेतताको घुलन नै हो। तथापि हिन्दु धर्मले महिलालाई सदैव सुरक्षित राखेको छ। कसैले पनि कुमारी, विवाहिता र विधवालाई बलात्कार गरेमा उसले शारीरिक तथा मानसिक आघात पुर्याएको सतीत्वको क्षतिपूर्ति तिर्न नसक्ने तथा घोर पापकर्मको दर्जा दिइने कथित परम्परा छ।
छाउपडी प्रथाको अन्त्य गरिनुपर्ने विषयमा संसद्मा महŒवपूर्ण प्रस्ताव पेस भएको थियो। यो कुप्रथाको अन्त्य हुनुपर्ने मागसहित विशेष अभियानका विषयमा नेकपाकी नेतृ तथा सांसद विन्दा पाण्डेले उठाउनुभएको मागप्रति मुलुकले ठोस कदम चाल्नुपर्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशतिरको अन्धविश्वासी यो छाउप्रथाले सुत्केरी, महिनावारी भएका महिलालगायत सबल महिलाको जटिल परिस्थितिमा संकुचन छ। आजको यान्त्रिक युगमा पनि महिलामाथि अन्याय भयो भनिरहनुपर्ने यो कस्तो विडम्बना १ बलात्कार, अत्याचार, तिरस्कारको सिकार बनाएर महिला भएकै कारण प्रथाले किचिरहनु देशको समुन्नतिमा काँडेतार हाल्नु हो।
पुरुषलाई पनि स्कन्द पुराणको प्रभास खण्ड ९१÷२९÷५२० ले अरूका श्रीमतीलाई मातृत्व भावमा हेर्न आग्रह गरेको छ। सबैखाले पापकर्म बराबरको पाप अर्काकी श्रीमतीमाथि आँखा लगाएमा लाग्ने कुरा त्यहाँ उल्लेख भएको पाइन्छ। स्त्री हत्यालाई महापाप मानिन्छ। यसबाट मर्यादा र सुशासनको सीमाभित्र राखेर महिलाको सम्मान गरेको पाइन्छ। पुरुषलाई बढी सजायको भागीदार बनाइएका नियम ती वाङ्मयहरूमा भेटिन्छन्। विद्याजस्तो अत्यावश्यकीय ज्ञानकी देवी सरस्वतीलाई मानिनु अनि धनजस्तो मानिसको बाँच्ने आधार बनेको विषयकी अधिष्ठात्री लक्ष्मीलाई मानिनु पनि महिला सम्मानको हाम्रो गौरवमय इतिहास हो। यसर्थ आज आएर कानुनी मान्यतामा महिला हकका विषयलाई माग्नु पर्ने, महिला हिंसा गरिने, महिलालाई भोग्या, रखौटी बनाइने सोचसँग जुध्नुपरेका पीडासँग हाम्रो इतिहासले प्रश्न गर्दै छ– त्यो गौरवशाली ज्ञानलाई हामीले किने बुझ्न सकेनौं रु हाइलाइट
आजको यान्त्रिक युगमा पनि महिलामाथि अन्याय भयो भनिरहनुपर्ने यो कस्तो विडम्बना ! अन्नपूर्णबाट ।