• दमक/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले १ नम्बर प्रदेशको नाम लिम्बुवान हुनुपर्नेमा जोड दिएका छन् ।

    उनले लिम्बुवान लिम्बू जातिविशेषको मात्र नाम नरहेको भन्दै यसको गलत व्याख्या भइरहेको बताए । तत्कालीन किरात शासनकै पालामा समेत लिम्बुवान रहेको र यसको ऐतिहासिक महत्व रहेकोले प्रदेशको नाम लिम्बुवान नै हुनुजर्ने उनको दाबी छ । झापाको दमकमा आयोजित शहीद राजकुमार आङ्देम्बे माङ्तोक तथा मनिल तामाङ स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन तथा पाँचौं साधारणसभामा बोल्दै लिङ्देनले लिम्बुवान कुनै जातिको मात्र नभएकोले प्रदेश नं. १ को नाम लिम्बुवान राख्नुपर्नेमा जोड दिए ।

    उनले पहिचान र ऐतिहासिक पृष्ठभूमिका आधारले अरुणपूर्वको यो प्रदेशलाई विशिष्ट किसिमको लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग गरेका हुुन् । प्रदेश सरकारलाई पटक–पटक लिम्बुवान राज्य घोषणा गर्न दबाव दिँदै आएको बताउँदै उनले जनताको भावनालाई लत्याएर प्रदेश सरकारले मनपरी गरे त्यसविरुद्ध सशक्त आन्दोलन हुने चेतावनी दिए ।

    प्रतिष्ठानमा पुनः गुरुङ
    शहीद राजकुमार आङ्देम्बे माङ्तोक तथा मनिल तामाङस्मृति प्रतिष्ठानको दोस्रो अधिवेशनबाट ज्ञानबहादुर गुरुङ अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी प्रतिष्ठानको १५ जना निर्वाचित पदाधिकारीहरू प्रथम उपाध्यक्षमा एबी पन्धाक, द्वितीय उपाध्यक्षमा शान्ता योङ्हाङ, तृतीय उपाध्यक्षमा जितबहादुर आङ्देम्बे, महासचिवमा दिलकुमार लावती, सचिवमा सङ्गम खनाल र कोषाध्यक्षमा जीवनप्रकाश शेर्मा निर्वाचित भएका छन् ।

    सदस्यहरूमा अशोक चेम्जोङ, भविराज तुम्सा, पूर्णकला तेयुङ, किरण लिङ्देन, अमर इजम, दिलु लिङ्देन, मनोहर थलङ र भावना तिरुवा निर्वाचित भएका छन् । प्रतिष्ठानमा २ सदस्य आगामी बैठकले मनोनित गर्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…