• गणेश अर्याल

    इलाम । गत फागुन २० गते बेलुका ६ बजेको समयमा टिकाराम एकाएक घरैबाट गायब भए । हुन त उनले दिउसै बुवा धनबहादुर थापालाई भनेका थिएछन्– ‘आज बेलुका ६ बजे म हलेसी जादैछु । इलामको रोङ गाउपालिका ५ र झापाको मेचीनगर ७ सिमानामा पर्ने बेशीबजार निवासी टिकारामले सोही दिन बेलुका ६ बजेर ३५ मिनेटमा हलेसी पुगेको भनेर घरमा बुवालाई फोन गरे । टिकाराम मात्रै होइन उनले साथी अबिशेक खनाललाई पनि साथै लिएर गएका थिए ।
    टिकारामलाई गाउमा मिसन उपनामले पनि चिनिदो रहेछ । बेलुका एकाएक हराएको टिकाराम केही मिनेटमा नै हलेसी पुगेको खवर गरे र म्यासेन्जर मार्फत बुवालाई हलेसीको भिडियो र फोटोहरु पनि पठाउन थालेछन् । एककान दुइकान हुदै पुरै बेशीबजारमा यो हल्ला फैलियो । भोली पल्ट अथवा गत फागुन २१ गते बेलुका फेरी टुप्लुक्क उनी घरमा नै आइपुगे ।
    घरपरिवार र छरछिमेकीले सत्य हो भनेको यो घटनाले अहिले बेशीबजार क्षेत्र सो मानिसलाई हेर्न र भेट्न आउनेहरुको निकै चहल पहल बढन थालेको छ । रोङ ५ को इरौटार सामुदायिक बन क्षेत्रमा पहिले देखि नै स्थानीयले मान्दै आएको सिंह देबीस्थान छ । सोही देबीस्थानबाट साथी अबिशेक खनाल सहित आफू उडेर खोटाङको हलेशी पुगेको टिकारामले बताए । १७ बर्षीय टिकारामले कक्षा ९ सम्म अध्ययन गरेको बताउछन् । पछिल्लो समय उनी पशु प्राबिधिकको तालिम लिदै गरेको अवस्थामा शरिरमा देउता चढेकाले पढन छाडेको बताउछन् ।
    कसरी उढेर पुगे हलेशी
    बेशी बजार बाट साथीहरुको आखा छल्दै छल्दै देबीस्थान सम्म पुग्यौ । म संग मेरो साथी अबिशेक खनाल पनि थिए । हामी दुबै जना देबिस्थानमा पलैटी मारेर ध्यानमा बस्यौ । भगवान आएर हामीलाई उडाएर लैजानु भयो केही बेरमा हामी हलेसी पुग्यौ र घरमा फोन गर्यौ । अबिसेकले फोटो खिचेर म्यासेन्जरको माध्यमले घरमा पनि पठायो । हामीले उढेर नै हलेसीमा पनि फोटो र भिडियो खिचेका छौ ।
    सरोकार समिति गठन
    पछिल्लो समय बेशी बजार क्षेत्रमा धार्मिक मानिसहरुको चहल पहल बढन थालेको छ । सिंह देबी क्षेत्रको बिकास गर्नको लागि रोङ ५ मा रहेको इरौटार सामुदायिक बन संग समन्वय गरी ध्यान आश्रम बनाउने लक्ष्यका साथ एउटा सरोकार समिति समेत गठन भएको छ । स्थानीय समाजसेवी बृहस्पति खतिवडाको सम्योजकत्वमा घनश्याम थापा सचिब तथा चन्द्र गुरुङ कोषाध्यक्ष रहेको सरोकार समिति गठन भएको छ । समितिको अन्य सदस्यहरुमा टेकबहादुर देबान, खड्ग पन्धाक शुब्बा, चन्द्र मगर फूलमाया पौडेल, चन्द्रमाया गुरुङ, मिना मगर, गिता खनाल, हरीबहादुर थापा, धनबहादुर थापा, देबी गुरगाई, भिमप्रसाद खतिवडा, तोकेन्द्र गुरुङ, टिकाराम रिजाल र धु्रब बानिया रहेका छन् ।
    पत्याउन सकिएलात उढेर हलेशी गएको कुरा ?


    टिकाराम उढेर हलेसी गए भनिएको बिषयले चर्चा पाए सगै यतिबेला उनको घरमा सोधीखोजी गर्नेहरुको निकै चहल पहल बढेको छ । स्थानीय बृहस्पति खतिवडा सूरुमा बिश्वास नलागे पनि पछिल्लो समय बिस्वास लागेको बताउछन् । मोबाइलमा रिचार्जकार्ड नकोट्याइ रिचार्ज गर्ने जस्ता अलौकिक शक्ति भएाले पनि आफूले बिस्वास गरेको खतिवडा बताउछन् । नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य खड्ग पन्धाक शुब्बा लिम्बु समुदायमा पनि यस्तो हुने भएकाले आफूले यस्तो कुरा पत्याउने बताए । जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगर लाइ पनि यो कुरामा बिस्वास लागेको बताए । बैज्ञानिक खोज अनुसन्धान नभइकन यस प्रकारको कुरामा बिश्वास गर्नु अलि हतार हुने कतिपयले बताएका छन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…