• राजु पोखरेल झापाका सक्रिय युवा पत्रकारका रुपमा चिनिन्छन् । समाचार लेखनसँगै सामाजिक काममा पनि क्रियाशिल पोखरेल मेचि टाईम्स दैनिक बिर्तामोडका सहसम्पादक हुनुहुन्छ । उहाँसँग रातोकलमको पत्रकारिताको विषयमा छोटो मिठो कुराकानी

    कसरी पत्रकारितामा आउनु भयो ?
    शुरुमा मलाई समाचार कसरी लेख्छन् र भन्छन् भन्ने लाग्थ्यो । मलाई पनि समाचार सानैदेखि लेख्न मन लाग्ने र पत्रकारिता मार्फत समाजसेवा गर्न सकिन्छ भनेर यो पेशामा आएको हुँ ।

    पत्रकारितामा चुनौती के देख्नु हुन्छ ?
    निश्चय पनि पत्रकारिता एउटा चुनौतीपूर्ण पेशा हो । यहाँ गलत प्रवृतिको पर्दा फास गर्दा र आवाज विहीनहरुको आवाज बन्दा चुनौतीको सामना गर्नु नै पर्छ ।

    पत्रकारितामा विकृती छन् की ?
    छन् । केही मानिसहरुले पत्रकारिताको आडमा गलत क्रियाकलापहरु गर्ने गरेकाले वास्तविक पत्रकारलाईसमेत काम गर्न चुनौती हुने गरेको छ ।

    पत्रकारिताको प्रभाव घट्दै गयो की भन्ने पनि सुनिन्छ नी ?
    यो चै विल्कुल गलत लाग्छ मलाई । किनकी पत्रकारिताको माध्यमबाट समाज परिवर्तन सम्भव छ । राज्यलाई खबरदारी गर्ने र जनताको अधिकार स्थापित गर्नमा पत्रकारिता महत्वपूर्ण हुन्छ । तपाई विश्वास गर्नुहोस् न कुनै घटना भयो भने आम मानिसहरु समाचारकै प्रतिक्षामा हुन्छन् ।

    समाचार लेख्दा कत्तिको थ्रेट आउँछ, अनुभव कस्तो छ ?
    म थ्रेट लाई नै आत्मसात गर्ने पत्रकारको रुपमा चिनिन्छु । मैले धेरै समाचार लेख्दा थ्रेटको सामना गर्नु परेको छ । मैले समाचार लेखेकै कारण धेरै चोटी सम्पर्क विहीनसमेत हुनु परेको छ । अहिले त धम्की आउनुलाई म स्वभाविक रुपमा लिन थालेको छु ।

    पत्रकार र सञ्चार माध्यम सँधै सत्तापक्षको तारोमा पर्ने कारण के हो ?
    यसलाई त्यसरी नबुझ्दा राम्रो हुन्छ । जहिले पनि पत्रकार र सञ्चार माध्यम सत्ता पक्षबाट मात्र होइन । गलत प्रवृति भएकाहरुबाट तारो बनिनै रहनु पर्छ । यसलाई हामीले हतोत्साहित नबनी आफ्नो व्यवसायिक इमान्दारिता देखाउनु पर्छ
    पत्रकारिता पेशाबाट के पाउनु भयो र के गुमाउनु भयो ?
    मैले पत्रकारिताबाट धेरै चिज पाएको पनि छु र गुमाएको पनि छु । पत्रकारिताबाट नाम, इज्जत पाएको छु भने पत्रकारिता गर्ने क्रममा समय निश्चित नहुँदा परिवार, साथीभाइलाई दिने समय चाँहि गुमाए जस्तो लाग्छ ।

    विशेष गरी कुन विधामा कलम चलाउन मन पराउनुहुन्छ ?
    मलाई राजनीतिक र अपराध बिटमा कलम चलाउन अलि बढी मन लाग्छ । तर म सबै विधामा कलम चलाउन सक्छु ।

    पत्रकारिता गर्ने र यो पेशामा आउन चाहानेहरुलाई के सुझाव छ ?
    निश्चय पनि पत्रकारिता एउटा व्यक्तित्व विकासको माध्यम हो । तर, यो पेशा नबुझि आउँदा धेरै मानिसहरु पलायनसमेत हुनु पर्छ । पत्रकारिता गर्न धेरै दुःख र चुनौतीहरु छन् । यसलाई बुझेर र अध्ययन गरेर आउँदा राम्रो¬ हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…