• पथरी ।
    मोरङको पथरीशनिश्चरे—१ स्थित सिक्का बार एण्ड लन्च कम्पनीमा षडराज तामाङको संकास्पद मृत्यु भएको १४ दिन वितिसक्दा पनि प्रभावकारी अनुसन्धान हुन सकेको छैन ।
    मृतकको परिवारले हालसम्म दाहसस्कार गरेका छैनन् । विहिबार फेरि पत्रकार सम्मेलनको आयोजना गरी किटानी जाहेरी प्रहरीले दर्ता नगरेकोमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध गरेका छन् ।


    फागुन १६ गते पथरीशनिश्चरे नगरपालिका—७ को २६ बर्षिय षडराज तामाङको संकास्पद मृत्यु भएको थियो ।
    पथरीमा राति ९ बजेसम्म मात्र होटल खोल्ने नियम भएपनि घट्ना करिव राति १०ः३० वजे भएको थियो । सिक्का बारमा मृतक षडराज तामाङको टोलीसँग दुई महिलासहितको टोली र होटल सञ्चालकसँग गरि दुई पटक झगडा भएको थियो ।
    व्यापारिक भवनको पाचौ तलामा रहेको सो वारको तल्लो तलाको पूर्व पट्टिको भाग खुल्ला रहेको छ जहाँ बाट मृतक तमाङको झरेर अशामयीक निधन भएको भन्दै आईएको छ भने परिवार पक्षले भने अशामयीक नभएर नियोजित रुपमा हत्या भएको हो जसको सत्य तथ्य छानविन होस भन्दै १४ दिन देखी उर्लावारीको मंगलवारे अस्पतालमा मृतक शरिर राखेर न्यायको खोजीमा भौतारिदै आएको छ ।

    पीडित परिवारले केही दिन अघि पनि पत्रकार भेटघाटको आयोजना गरी षडराज तामाङको हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गरिनु पर्ने माग गरेको थियो ।
    होटलमा झगडा तथा मृत्यु राति करिव १०ः३० बजे पछाडी भएकोले घट्नाको जिम्मेवारी होटल सञ्चालक र प्रहरीले लिनुपर्ने मृतककी भाउजु आङ्रिता तामाङको भनाइ छ ।
    घट्ना पश्चात इलाका प्रहरी कार्यालय पथरीले सिक्का बारका सञ्चालक हरुलाई प्रहरी कायालयको सम्पर्कमा राखेको छ ।
    यद्यपि पीडित परिवार (मृतकको भाउजु) आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालकहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ ।
    प्रहरीले दर्ता नगरेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरिरहेका छन् । प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ ।
    मुद्धा दर्ता गरेको जनाएपनि जाहेरीमा नाम परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानमा कडाइ नगरेकोमा गुनासो गर्दै आएका छन्

    घट्नामा संलग्न व्यक्तिहरु पत्ता नलागेसम्म शव नबुझ्ने बताउदै आएपनि मृत्यु भएको धेरै दिन विति सकेको कारण मृत शरीर वाट दुर्घन्ध आउन थालेको अस्पतालले बताउन थालेको पीडित परिवारले बताए ।
    शवको पोष्ट मार्टम बी.पी.कोइराला विज्ञान प्रतिष्ठानमा भएको थियो । पोष्ट मार्टम रिपोर्टमा टाउकोको हड्डी फुटेको आएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए ।
    यद्यपि भिसेरा रिपोर्ट आउन बाँकी रहेको प्रनि बजगाईको भनाई रहेको छ । किटानी जाहेरी दर्ता नभएको बारे प्रनि बजगाईले अनुसन्धनकै क्रममा रहेको बताउदै आएका छन् । यद्यपि पीडित परिवार भने जाहेरी लिनुपर्ने बताउदै आएका छन् ।
    मृतको परिवार भने प्रहरी कार्यालयको प्रमुख घट्नालाई होटलबाट झरेर मरेको भन्ने पार्न प्रहरी लागि परेको आरोप लगाउदै आएको छ ।
    पत्रकार सम्मेलनमा मृतक षडाराज तामाङको पत्नी मनिता तामाङको पनि उपस्थिति थियो । तामाङले षडराज तामाङसँग विवाह गरेको सात महिना मात्र भएको थियो । अहिले मनिताको पेटमा पाँच महिनाको गर्भ रहेको बताइएको छ ।
    सञ्चार माध्यममा समाचार आउन थालेपछि पीडित परिवारलाई विभिन्न आश्वासन दिएर मिल्न दवाव दिदै आएको पीडित परिवारले बताएको छ ।
    पीडित परिवारलाई नगद आठ लाख दिने मुद्धा दर्ता नगर्न आश्वासन दिदै आएको बुझिएको छ ।
    पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु र विभिन्न पार्टीका स्थानीय नेताहरु पनि मृतकको परिवारलाई सहयोग गर्ने नाममा इलाका प्रहरी कार्यालयमा भीड लाग्न थालेको मृतककी भाउजु आङ्रिता तामाङ बताउछिन् ।
    हामीले मुद्धा दार्ता गर्ने भनेपछि “तपाईहरुको सहयोग गर्न आएको भन्दै जनप्रतिनिधिहरु र नेताहरु इलाका आवत जावत गर्न थालेको र ‘हामीलाई सहयोग गर्ने भन्छन तर, मुद्धा दर्ता नगर्नु भन्छन् हामीले कसरी बुझ्ने ।” मृतककी भाउजु तामाङ भन्छिन् ।
    घटनाको वारेमा नगरपालिकाका सम्वधीत वडाका जनप्रतिनिधी र नगरकी न्यायीक समिति संयोजक यमुना विष्ट वास्तोला वाट पनि आफुहरुलाई सहयोग नभएको बरु उल्टो मिल्न दवाव दिएको मृतक परिवारको भनाई लाई उदृत गर्दै नगर उप–प्रमुख लाई सो वारेमा वुझ्दा
    “आफुले मिल्न दवाव नदिएको तर घटनाको सत्य तथ्य प्रहरीले जतिसक्दो चाँडो पत्ता लगाएर निर्दोषलाई उन्मुक्ति र दोषीलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न माग गरेको सम्वधीत घट्नाको छानविनमा प्रहरी मौन वसेकोमा अफ्नो आपत्ती रहेको र मृतककी श्रीमतिलाई भविष्यमा मानविय हिसावले आफुले परेको खण्डमा सहयोग गर्ने वचन दिएको ” उनको भनाई रहेको छ ।
    मृतकको दाजु ज्ञानु तामाङ विदेशबाट भाइको यस्तो खवर सुनेपछि केही दिन अघि आएका हुन् । आफूलाई न्याय दिन कोही नलागेको भन्दै पत्रकार सम्मेलनमा गुनासो पोखेका छन् ।


    दिदी टिका तामाङले पत्रकार सम्मेलनमा आशँु झार्दै भने ‘हामीलाई सहयोग गर्ने कोही भएनन् ।’
    पत्रकार सम्मेलनपछि होटल सञ्चालकका आफन्तहरु र केही जनप्रतिनिधिहरुले पीडित परिवारलाई धाकधम्की दिएको बताए । किन पत्रकार सम्मेलन गरेकोे भनेर सोध्ने गरेको मृतका दाजु ज्ञानु तामाङले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…