• काठमाडौं । नेत्र विक्रम चन्दको नेकपाले आफुमाथि सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक बिहीबार नेपाल बन्द गर्यो । बिहीबार नेपाल बन्दको प्रभाव भने सामान्य रहेको थिए ।

    यद्यपी विप्लवले बिहीबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    बन्दकै दिन विप्लव सिन्धुलीमा रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार विप्लव बिहीबार सिन्धुलीमा देखिएका थिए । यस्तै सो पार्टीका दोस्रो नेता खड्कबहादर बिक (प्रकाण्ड) सल्यानमा रहेका थिए । सिन्धुलीबाटै विप्लवले बन्दको अवलोकन गरेको सुरक्षा स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार हालसम्म विप्लवका ८४ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । हालसम्म एकजनामात्र केन्द्रीय सदस्य पक्राउ परेका छन् भने अन्य पक्राउ परेका व्यक्ति केन्द्रीय तहका होइनन् । ती पक्राउ परेका व्यक्तिबारे भने स्रोतले थप जानकारी दिएन ।

    विस्वस्थ सुरक्षा स्रोतका अनुसार हालसम्म । केन्द्रिय सदस्य १ जनाm जनबर्गिय संगठनको केन्द्रिय अध्यक्ष एकजा, ९ जना महिला, ७५ जना पुरुष पक्राउ परेका छन् । यस्तै हतियार सहित २ जना पक्राउ छन् । यस्तै ८२ जना ल्लिा नेता तथा कार्यकर्ताहरु सहित ८४ जना पक्राउ परेका छन्।

    बन्दका क्रममा बिहीबार बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका थिए। गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको स्रोतले जनाएको छ । यस्तै रौतहटमा पनि संकास्पद वस्तु फेला परको छ ।

    उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समूहले आगजनी गरेको स्रोतले जनाएको छ। यस्तै धादिङमा पनि ट्रकमा तोडफोड गरिएको छ।

    उता प्युठानको स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको थियो । यस्तै नवलपरासीमा महेन्द्रराजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा शंकास्पद वस्तु राखिएको सुरक्षाकर्मीले फेला पारेका थिए । उता उदयपुरको कटारी नगरपालिका–२ देवीधापस्थित सडकमा प िशंकास्पद वस्तु फेला परेको थियो ।

    यता कास्की जिल्लाको पोखराको सभागृह चोकमा पनि शंकास्पद वस्तु फेला परेको छ। बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको थियो ।

    पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको थियो। ८–१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका थिए । यस्तै पुर्बी नवलपरासीमा ल्यापटपको ब्याट्रीमा बारुद हालेर राखेको बम समेत फेला परेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…