• धरान । धरान उपमहानगरपालिकामा मेयर तारा सुव्वाको निधन भए पछि धरान मेयर बिहिन छ । स्थानिय निकायमा निर्वाचित पदाधिकारीको निधन भएको खण्डमा एउटा समय अवधिमा उपनिर्वाचन गरेर पदपुर्ति गर्नुपर्ने हुन्छ । तर मेयर तारा सुव्वाको निधन पछि चुपचाप कार्यवाहाक मेयरले धरान उपमहानगरपालिका चलिरहेको छ ।
    नेपाली काग्रेस सुनसरीका जिल्ला सचिव तथा महासमिति सदस्य सुजेन्द्र तामाङले लामो समय देखि धरान प्रमुख बिहिन भएकाको भन्दै उपनिर्वाचन गर्ने माग गरे । मेयर नहुदा धरानले महत्वपूर्ण निति नियमका काममा समस्या आईरहेको छ उनले भने । कतिपय निर्णय गर्ने मेयर नभई नहुने बैद्यानिक प्राबधान छन । धरानको विकास सँग जोडिएको कुरा भनेर मेयर नहुदा पनि जनता चुप लागेको भन्दै उपनिर्वाचन तत्काल गर्ने उनको माग छ ।
    धरान उपमहानगरपालिकामा मेयरको निधन भएको सवैलाई थाहा भएकै कुरा हो । तर औपचारिकरुपमा मेयरको निधन र मेयर पद खाली भएको कुरा सरकारलाई थाहा भए पनि अहिले सम्म उपनिर्वाचनको विषय मौन रहदै आएको सउनको भनाई थियो । उपनिर्वाचन नहुदा धरान मेयर बिहिन बन्न पुगेको तामाङको भनाई छ ।
    धरानको समृद्ध सपना बोकेका मेयर तारा सुव्वाको निधन पछि अहिले सम्म धरान उपमहानगरपालिकामा मेयर पद खाली हुनु र उपमेयरनै कार्यवाहाक भएर काम गर्नु सवैको चासोको विषय हो । यो संगै धरान उपमहानगरपालिकामा अहिले अर्काे प्रमुख पद पनि खालीनै रहेको छ । उपमेयरबाट कार्यवाहाक मेयरको काम चलिरहेको बेलामा धरान उपमहानगरपालिकामा कार्यबाहाक कार्यकारी प्रमुखको पनि काम भईरहेको छ । कार्यवाहाकले अहिले धरान उपमहानगरपालिका चलिरहेको छ । के धरानमा सवै कुरामा कार्यवाहाकलेनै काम चलानुपर्ने हो ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…