• काठमाडौं, १ चैत । स्वतन्त्र मधेश गठबन्धनको संयोजक रहेका र त्यसै अनुरुपको कार्य गरिरहेका सीके राउतसँग सरकारले फागुन २४ गते अचानक ११ बुँदे सहमति गरेपछि राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग फैलिएको छ ।

    सीके राउतले देश टुक्राउने अभिव्यक्ति दिँदै आएका र पटक पटक पक्राउ पर्दै छुट्दै आएकोमा पछिल्लो पटक उनी पाँच महिना जेल बसी फागुन २३ गतेमात्र सर्बोच्च अदालतको आदेशमा तारिखमा रिहा भएका थिए ।

    तारिखमा रिहा भएकै भोलिपल्ट सरकार र राउतबीच सहमति हुनुलाई अर्थपूर्ण मानिएको छ । एक विश्वस्त सुत्रका अनुसार राउतलाई रिहा गराउन स्वयम् प्रधानमन्त्री केपी ओली नै लागेका थिए ।

    राउत रिहा हुने अघिल्लो दिन राउतसँग नेकपाका केही नेताहरूको गोप्य वार्ता समेत भएको थियो । राउतले त्यस बेला आफू रिहा भएको खण्डमा सरकारसँग सहमित गर्ने सहमति जनाएको हुनाले उनलाई रिहा गरिएको र राउतलाई सरकारले राष्ट्रिय सभाको सदस्य बनाउने बचन समेत दिएको छ ।

    अबको एक वर्षभित्रमा राष्ट्रिय सभाका १९ सांसदहरूको पद समाप्त हुने भएपछि सोही रिक्त पदमा राउतलाई लैजाने सहमति समेत भएको सुत्रले दाबी गरेको छ ।

    राउतलाई प्रतिनिधिसभाको समानुपातिक तर्फबाट प्रतिनिधिसभाको सदस्यमा ल्याउन निर्वाचन आयोगमा नेकपाले पठाएको नामावलीमा राउतको नाम नभएकाले प्रतिनिधिसभामा ल्याउन कठिनाई भएपछि कि त राष्ट्रपतिबाट मनोनित गरिने, तीन सदस्यमध्येका एकलाई राजिनामा गराएर राउतलाई ल्याउने, यदि त्यसो नभएको खण्डमा १ वर्षभित्रमा उनलाई राष्ट्रिय सभाको सदस्य बनाएर मन्त्री बनाउने सोँचमा प्रधानमन्त्री केपी ओली पुगेको दाबी सुत्रले गरेको छ ।

    राउतसँग सहमति गर्दा खेरी नै प्रधानमन्त्री ओलीले राउत थिंक ट्यांक र बौद्विक क्षमता भएका व्यक्ति भनि मञ्चबाटै तारिफ गरेका थिए, अभियानमा उल्लेख छ ।

    कुनै समय मधेशलाई टुक्र्याउन पर्दछ भन्दै त्यस अनुरुपका अभिव्यक्ति दिँदै आएका राउतले यसभन्दा अगाडि आफूले सञ्चालन गर्ने गरेका कार्यक्रमहरू र आफ्ना अभिव्यक्तिप्रति जनतासँग माफीसमत मागेका छैनन् भने नेपालको संविधान र ऐन कानुन स्वीकार गर्दछु समेत नभनिसकेको अवस्थामा प्रधानमन्त्रीले उनको तारिफ गर्नुको रहस्य के ?

    प्रधानमन्त्री ओली नेपालको राजनीति नेताहरूमध्येका चतुर्य नेता मानिन्छन् तर उनी यहाँनेर चुकेका छन् । राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिलाई एकाएक तारिफ गर्नु र आफ्नै दलका नेताहरूलाई समेत थाहा नदिई राउतसँग सहमति गर्ने निर्णय गर्नुको पछाडि मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टीका विरुद्ध राउतलाई मधेशमा खडा गर्ने उनको नियत रहेको राजनीतिक विश्लेषकहरूले विश्लेषण गरेपनि अबको केही दिन भित्रैमा राउतको क्षमता र चतुर्यताको प्रदर्शन हुन सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…