• काठमाडौं । एभरेष्ट बैंकका अनेक घटनाहरु सार्वजनिक भइरहेकाछन् ।

    पछिल्लो समय विभिन्न माग राखी एभरेष्ट बैंकमा कर्मचारी युनियनले आन्दोलन शुरु गरेकाछन् ।

    एभरेष्ट बैंकको लुट प्रदाफास भइरहेका बेला अर्को तनाव थपिएको हो ।

    सेवा सुविधा नबढाएको, आ–आफ्नो मान्छेलाई राम्रो ठाउँमा सरुवा गरेको, बैंक भित्र काम गर्ने वातावरण नभएको भन्दै बैंक कर्मचारी यूनियनले आन्दोलन चर्काएको हो ।

     

    गत ६ तारिकदेखि १० तारिक नेपाल भ्रमणमा आएका पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्षको स्वागत गर्न होटल देखि बैंक सम्म सम्पूर्ण नेपाली कर्मचारीलाई विहान ७ बजेदेखि राती १० बजेसम्म खडेबाबा बनाएको एक कर्मचारीले बताए ।

    केही दिन देखि शुरु कर्मचारी आन्दोलन भए पनि राष्ट्र बैंकले एभरेष्ट बैंक सुधारमा कुनै पहल गरेको छैन ।

    एभरेष्ट बैंकमा बैंकका सदाबहार अध्यक्ष विके श्रेष्ठको पारिवारिक शेयर बैंकमा छ ।

    हुँदै नभएको होटलको नाममा, छोरीको नाममा समेत शेयर राखेर विकेले ५०५ भन्दा बढी शेयर राखी लुट मच्चाए पनि राष्ट्र बैंक मौन छ । कारण के हो ? यसको उत्तर अब गर्भनर डा.चिरन्जीबी नेपालले दिनु जरुरी देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…