• काठमाडौं, १ चैत । नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको पैसा धुमाउरो पाराबाट खर्च गर्नु पनि कानुन विपरित हुन्छ । तर, यस्तो घटना भएको छ एभरेष्ट बैंक लिमिटेड भित्र ।

    गत ६ तारिक देखि १० तारिक (४ दिन) नेपाल भ्रमणमा पञ्जाब नेशनल बैंक इन्डियाका कार्यकारी अध्यक्ष सुनिल महेता नेपाल आएका थिए । उनीको ४ दिनको वसाईमा लाखौंको विल एभरेष्ट बैंकले खर्च गरेको फेला परेको छ ।

    हायात रेजेन्जी होटल स्रोतले दिएको जानकारी अनुसार भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष हायात रेजेन्सी होटलमा ४ दिन बसेका थिए । दिनको ८० हजारको बिल आएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जस्तै गरी बसाईको व्यवस्था एभरेष्ट बैंकका सीइओ सेमेश्वर सेठले गरि जनताको पैसामा फूपूको श्राद्ध गरेको भेटिएको छ । यो खोजीको विषय बनेको छ ।

    हाल एभरेष्ट बैंकमा सेठ सीइओ छन् । भारतीय पञ्जाब नेशनल बैंकका डिजीएम हुन् । सोमेश्वर सेठ उनीको बढुवा अझै भएको छैन । उनी आगामी जेष्ठमा भारत फिर्ता हुँदैछन् ।

    उनीकै अगुवाईमा २५ औं बैंकको वार्षिक उत्सव मनाउने निउँमा भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्षलाई नेपाल बोलाई लाखौं खर्च गरेको भेटिएको छ ।

    कार्यकारी अध्यक्ष महेतालाई सोलुखुम्बुका रमणीय स्थान घुमाउन बैंकले हेलिकप्टर भाँडामा लिएर गएको थियो । भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष महेता, महेताको श्रीमती, एभरेष्ट बैंकका सीइओ, सीइओकी श्रीमती लगायत बैंकका उच्च कर्मचारी सो भ्रमणमा गएको एक सञ्चालकले बताए ।

    जनताको पैसामा नेपाली भूमिका चर्को दादागिरी गर्दै सोमेश्वर सेठ, सीइओ भएर आएपछि एभरेष्ट बैंकले आफ्नो स्वार्थ बमोजिम लाखौं खर्च गरेको देखिन्छ ।

    तर, राष्ट्र बैंकका उच्च कर्मचारी उसैको हायात रेजेन्सी होटलमा आयोजना भएको रात्री भोजमा पुगेका हुन्छन् । यो कस्तो नियमक निकाय हो । गर्भनर साब ?

    भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष सुनिल महेताको स्वागतमा हायात रेजेन्सी (पाँचतारे होटल) मा करिब ३५ लाख खर्च गरी एभरेष्ट बैंकले रक्सी पाटी (रात्री भोज) गरेको खुलेको छ ।

    सो रात्री भोजमा २८ वाणिज्य बैंकका अध्यक्ष, सीइओ र राष्ट्र बैंकका गर्भनर, डेपुटी गर्भनर, कार्यकारी निर्देशक पुगेका थिए । भने, बैंकका नेपाली कर्मचारी ‘खडेबाबा’ जस्तै गरी होटलका प्रत्येक गेटमा खडा रहिरहेको दृश्य हेर्न लायक थियो ।

    जनताको पैसामा रातारात एउटा बैंकको अध्यक्ष नेपाल आउँदा ८० लाख भन्दा बढि खर्च हुनु कतिसम्म जायज हो । गर्भनर साब ! तपाईसँग उत्तर छ ?

    डा.चिरनजीबी नेपाल गर्भनर भए देखि नै भारतीय पञ्जाब नेशनल बैंकको नेपाली बैंक एभरेष्ट बैंकलाई सबै कुरा छुट छ । यसले जे गरेपनि गर्भनर डा. नेपाल बोल्दैनन् । के कारण हो अर्थमन्त्री ज्यू ? अब तपाईले नै यसको उत्तर दिनु पर्ने हो कि ? राजतिलकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…