• काठमाडाैं । फिल्मलाई मनोरञ्जनको उद्योग मानिन्छ । फिल्मले दिने पनि मनोरञ्जन नै हो । यदि यो सर्तलाई मान्ने हो भने ‘पुरानो बुलेट’ अच्छा छ ।

    नाम ‘पुरानो बुलेट’ भएपनि यसले युवा सपना, प्रेम र संघर्षलाई देखाएको छ । फिल्मले तपाईंलाई पूर्वी तराईको लेटाङमा पु-याउँछ । रुख–बोट्यानले पालुवा फेर्दै गरेको मनमोहक मौसमलाई पृष्टभूमीमा राखेर रैथाने युवा–युवतीको कथा फिल्मले देखाउँछ ।


    ‘पुरानो बुलेट’ हेर्नेले किराती रहनसहन, पूर्वेली चालढालसँग साक्षतकार गर्न सक्छन् । फिल्मको कथा लेटाङको बस्तीबाट सुरु हुन्छ । कथाका सूत्रधार हुन्, प्रताप राई ।




    फिल्मलाई भीषण राइले निर्देशन गरेका हुन् । लामो समय रंग पत्रकारिता गरेका राईले फिल्ममा पूर्वी तराईको भाषा, लवज, चालचलन, रीतिथिती टपक्कै टिपेका छन् । फिल्मका पात्रहरु यस्ता लाग्छन्, जो हाम्रै साथीभाई हुन् । हामीले दिनहुँ साक्षतकार गरिरहने कथा र परिवेश यसमा छ । धामीझांक्रीको प्रथा, विवाह, मृत्यु जस्ता किराती संस्कार फिल्ममा देख्न सकिन्छ । तर, यस्ता संस्कारलाई जबरजस्ती घुसाइएको छैन, कथाको माग अनुसार त्यसको सिलसिला जोडिएको छ ।


    ‘पुरानो बुलेट’ हेर्नेले किराती रहनसहन, पूर्वेली चालढालसँग साक्षतकार गर्न सक्छन् । फिल्मको कथा लेटाङको बस्तीबाट सुरु हुन्छ । कथाका सूत्रधार हुन्, प्रताप राई । प्रताप राईको रुपमा अनुपविक्रम शाह देखापरेका छन् । प्रताप एक विन्दास र आफ्नो मर्जी अनुसार हिँड्ने युवा हुन् । उनलाई घर, परिवार, करियर केहीको परवाह छैन । उनको पुरानो बुलेट बाइक छ । त्यही बाइकमा हिँड्छन् । जग्गा बिक्री, ठेक्का पट्टा, पैसा उठाउने कामबाट प्राप्त हुने सानोतिनो रकमले मस्ती गर्छन् । यसरी मस्ती नै मस्तीमा उनको दैनिकी बित्दो छ ।


    उनलाई घर नजिकैकी एक युवती जमुना वर्षा सिवाकोटीले मन पराउँछ । जमुना शुसिल र सचेत युवती हुन् । उनी प्रतापको परिवारसँग निकट पनि छिन् । यस्तैमा इन्ट्री हुन्छ, मोनिका अर्थात माला लिम्बुको । अब प्रतापको जीवनमा नयाँ मोड आउँछ । कथामा उतारचढाव सुरु हुन्छ । त्यसपछि कथा कसरी अगाडि बढ्छ ? यसका लागि भने फिल्म हेर्नैपर्छ ।


    यो फिल्ममा युवाहरुको सपना र वाध्यतालाई उजागर गरिएको छ । अहिले नेपाली फिल्मको बजार ध्वस्त हुँदै गएको छ । फिल्मले दर्शक गुमाउदै गएका छन् । यस्तो अवस्थामा पुरानो बुलेटले एउटा चुनौती खेप्नुपर्नेछ, बजारको ।


    तर फिल्म मनोरञ्जनात्मक छ । यसले फुल डोजको मनोरन्जन पस्किएको छ । फिल्ममा हासो, रोदन, आवेग सबै छ । सन्तोष राई र भिषण राइले लेखेको फिल्मले दर्शकलाई फिल्म अवधीभर भरपुर मनोरञ्जन दिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…