• झिलझिले, चैत्र १ ।
    झापाका सहकारी संस्थाले यो वर्षको राष्ट्रिय सहकारी दिवस चैत्र २० गते जिल्लाको शिवसताक्षीमा विविध कार्यक्रमको आयोजना गर्दे मनाउने भएका छन ।
    जिल्ला सहकारी संघले स्थानिय सहकारी संस्थाका प्रतिनिधि संग गरेको छलफलमा ६२ औ सहकारी दिवस शिवसताक्षी नगरको दुधेमा आयोजना गर्ने निर्णय भएको जिल्ला सहकारी संघ झापाका सदस्य कृष्ण मिश्रले जानकारी दिएका छन । यस अघि संघले जिल्लाका गौरादह, दमक, भद्रपुर, मेचिनगर , विर्तामोड लगायतका क्षेत्रमा सहकारी दिवस मनाएको थियो ।
    झापामा ९८४ सहकारी संस्था छन । जिल्ला सहकारी संघले आयोजना गर्ने सहकारी दिवसको स्थानिय आयोजक समिति शुक्रबार गठन गरेको छ । जिल्ला सहकारी संघका सदस्य रहेका खुद्रा वचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष सन्तोष कुमार मैनालीको अध्यक्षतामा १७ सदस्यीय स्थानिय आयोजक समिति गठन भएको जिल्ला सदस्य मिश्रले जानकारी दिए । स्थानिय सहकारी संस्थाका अध्यक्ष ÷व्यवस्थापक सदस्य रहेको सो समितिले आईतवारदेखि काम शुरु गर्ने समितिका सदस्य तथा खुद्रा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण वजगाईले वताए ।
    सहकारी दिवसमा जिल्ला भरका सहकारीका प्रतिनिधी सहभागी हुने छन । जिल्ला सहकारी संघका अनुसार सहकारी दिवसका दिन करिव १० हजार सहकारीकर्मी एकै ठाँउ भेला हुने छन । ६२ औ सहकारी दिवस सम्पन्न गर्न आयोजक जिल्ला सहकारी संघले करिव १२ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।
    २०१३ सालमा पहिलो पटक चितवनमा बखान वचत तथा ऋण सहकारी संस्था स्थापना भएपछि नेपालमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…