• कुमार खड्का चैत १,पथरी ।
    मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे सुन्दरी प्रतियोगिता को अडिसन को पहिलो अडिसन आज सम्पन्न भएको छ ।
    मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा आयोजना हुन लागेको हो ।
    पहिलो अडिसनमा १४ जना सुन्दरीहरुले भाग लिएको आयोजकले जानकारी दिएको छ ।
    अव फेरी चाडै दोस्रो अडिसन गरेर २ वटा अडिसन वाट छनौट भएका मध्ये १५ जना सुन्दरीहरुलाई २५ दिनको वन्द प्रशिक्षण पश्चात आगामी नया वर्ष २०७६ को पहिलो सातामा ग्य्रान्ड फिनालेको आयोजना गरि ताज पहि¥याउने योजना रहेको आयोजक मध्येका सुमन कुरुङवाङले वताए ।


    अन्य छिमेकी पालिकाहरुले यस प्रकारको प्रतिस्पर्धाको आयोजना गरिसकेको अवस्थामा पथरीमा यो प्रतियोगीता आयोजना गर्नु अपरिहार्य रहेको महशुस गर्दै विविध चुनौतिका बावजुद यो प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक सन्तोष बान्तवा बताए ।
    नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ ।
    त्यसै गरि प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताईएको छ


    करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्ने भएका छन्
    प्रतियोगिताको आवेदन फारम फर्म शुल्क ५ सय तय गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…