• विराटनगर– प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई धनकुटामा लिम्बूवान कार्यकर्ताले कालोझण्डा देखाएका छन् । किराँत याक्थुम चुम्लुङकै २२ औ राष्ट्रिय चुम्लुङ बैठकमा सहभागी हुन जाने क्रममा ‘लिम्बूवान स्प्रिङ’का कार्यकर्ता बताउने केही युवाले मन्त्री आङ्बोलाई ‘लिम्बुवान विरोधी’ भन्दै कालो झण्डा देखाएका हुन् ।

    प्रहरीले कालो झाण्डा देखाउने ११ युवालाई केही समय नियन्त्रणमा लिएर छाडेको छ । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि शुरु भएको परिषद् बैठकमा सहभागी हुन मन्त्री त्यहाँ पुगेका थिए । त्यही क्रममा लिम्बूवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।



    किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले विरोध प्रर्दशन गलत नभएको बताए । उनले लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सामान्य भएको बताए । घटनाको बारेमा मन्त्री आङ्बोले बिरोध, आलोचना, टिप्पणी र बहसले नै मान्छेलाई परिपक्व र स्पातिलो बनाउने भन्दै त्यो सामथ्र्य आफूले राख्नै पर्ने बताएका छन् ।

    सबैले आफ्नो स्वतन्त्रता पूर्वक विचार राख्न पाउने, विरोध र आलोचना गर्न पाउने लोकतान्त्रिक र संवैधानिक अधिकार भएकोले आफ्नो सम्मान रहेको उनले प्रतिक्रिया दिएका छन् ।

    संविधान अपूर्ण
    मन्त्री आङ्बोले संविधान आफैमा पूर्ण नभएको बताएका छन् । नेपालको संविधान २०७२ औचित्य र आवश्यकताको आधारमा संशोधन हुने उनले बताए । धनकुटा राजारानीमा किरात याक्थुङ चुम्लुङको २२ औं राष्ट्रिय बैठकको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले संविधान पूर्ण नहुँदा अहिले केही विरोधका स्वरहरू आएको बताउँदै आवश्यकताका आधारमा संधिान संशोधन हुने उनको भनाइ छ ।

    एक नम्बर प्रदेशको नाम सकेसम्म सबैको पहिचानलाई समेट्ने खालको नाम राख्न प्रयासमा जुटेको बताउँदै उनले यही हिउँदे अधिवेशनले नामको टुङ्गो लगाउँने समेत बताए । उनले प्रदेशको नामाङ्कन र राजधानीको विषयसहज विषय नभई जटिल भएको समेत उल्लेख गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…