• काठमाडौं, १ चैत । अझै एक बर्ष पुरै बाँकी रहेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशनमा नेतृत्वको दावेदार को को भन्ने बहस सुरु भइसकेको छ ।

    गुट–उपगुट घात र अन्तरघातको श्रृङ्खलाहरू जारी रहिरहने कांग्रेसमा आङ आफ्ना नेतालाई नेतृत्वमा पु¥याउन कार्यकर्ता लागिरहेका छन् ।

    आगामी सभापतिमा बहालवाला सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाबीच त्रिकोणात्मक प्रतिष्पर्धा देखिन्छ । कोइराला परिवार एक भएमा राजनीतिले नयाँ मोड लिने देखिन्छ ।

    अहिले सभापतिमा भन्दा महामन्त्री को भन्ने भन्ने प्रश्न पेचिलो रुपमा देखिदै आएको छ । युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बन्छन कि बन्दैनन भन्ने चर्चा परिचर्चा व्यापक भएको छ ।

    युवाहरु एक जुट भएमा बुढा पुरानाहरुको राजनीति धरापमा पर्ने पक्कापक्की जस्तै छ । त्यसैले उनीहरुले युवालाई रोक्ने प्रयत्न गरिरहेका छन् ।

    सभापति देउवाको गुटमा रहेका टीके नेताहरूलाई महाधिवेशनमा हार्ने डरका कारणले चुनाव नलडी महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने आवाज उठाउँदै आए र त्यसलाई केन्द्रिय समिति बैठकबाट बहुमतमा सार्थक पनि तुल्याए ।

    गगन थापा र विश्वप्रकाश शर्मा तलैदेखि चुनाव लडेर महाधिवेशन प्रतिनिधि बन्ने लविङ गरेकाले चर्चाको शिखरमा पुगे ।

    आगामी १४ औं महाधिवेशनमा शेखर कृष्णप्रसाद सिटौला, गगन र विश्वप्रकाश जस्ता बलिया एवं शक्तिशाली नेताहरूले एकजुट भएर पार्टी निर्माण र संगठन बनाउन लागे भने देउवा र पौडेलको विचल्ली निश्चित रहेको काँग्रेसका जानकारहरूले बताएका छन् ।

    आगामी १४ औं महाधिवेशनमा गगन र विश्वप्रकाश मध्ये एकजना महामन्त्री बन्ने चर्चा काँग्रेस वृत्तमा चलेको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…