• काठमाडौं। संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ। समिति अन्तरगतको उपसमितिले सो द्रूतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रूतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो।

    समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो द्रूतमार्गको स्थलगत अवलोकनसम्बन्धि प्रतिवेदन पेश गर्दै नेपाली सेनाले सो द्रूतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिए।

    ७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो द्रूतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ। उपसमितिकी संयोजक समेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रूतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन्।

    प्रतिवेदनमा सो दु्रतमार्गको काम विना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढन पनि नेपाली सेनालाई सुझाव दिइएको छ। त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

    स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।

    उपसमितिले तयार पारेको प्रतिवेदनमा सो दू्रतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ। २०७४ साल बैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रूतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो आयोजनाको निर्माणका लागि एक खरव १२ अरव बजेट लाग्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…