• काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिनु भएको छ।

    शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध सुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध सुरु हुने चेतावनी दिनु भएको हो।

    उहाँले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क पनि गर्नु भयो।

    उहाँले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पार्नु भयो।

    अध्यक्ष थापाले मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यक्ता अनिवार्य रहेको पनि दोहो¥याउनु भयो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…