•  

    काठमाडौँ। जापानमा प्रवासी जीवन बिताईरहेका कृष्ण कार्कीको एकल सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ ।

    बस्ती निमार्ण अभियानले बुधवार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमार्फत योजना निर्माणसम्बन्धी जानकारी गराएको हो । आफ्नो ३४ औ जन्मदिनको अवसर पारेर पीडितको घर निर्माणमा चासो देखाएका समाजसेवी कार्कीले आफ्नो एकल लागत रु २० लाखतमा निर्माण भैरहेको उक्त योजनका बाँकि चार वटा घरको निर्माण कार्य पनि चाँडै सम्पन्न हुने अभियानको दाबी छ ।

    कार्यक्रममा बोल्दै योजनाका संयोजक ई.चुडामणी कार्कीले शुरुमा बास्तविक पीडितको पहिचान गर्दा समय लागेको जानकारी गराए । पीडितमध्ये असक्त तथा जेष्ठ नागरिकलाई पहिलो प्राथमिक्तामा राख्न खोज्दा स्थानीय राजनैतिक समुहको दबावका कारण दश वटै घर निर्माणमा समस्या भएको उनको गुनासो छ ।

    यो वर्षको बर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गर्ने अभियान रहेपनि स्थानीयहरुको अवरोध तथा दबावका कारण समय लम्बिएको पनि उनको भनाई छ । स्थानीय परिवेश अनुसारकै घर निर्माणमा लागेको जानकारी गराउदै उनले बन्न बाँकी चार घरका बास्तविक पीडितहरुको छनौट भैसकेपछि निमार्ण कार्य शुचारु हुने पनि उनले बताए ।

    त्यस्तै कार्यक्रममा बोल्दै योजनाका संयोजक तथा उल्टो बाईक चलाएर मेची–महाकाली यात्रा सम्पन्न गरि गिनीज बुकमा नाम लेखाउन सफल चित्र कुमार कार्कीले योजना निर्माण स्थलमा बिभिन्न समस्याहरु रहेको जानकारी गराए ।

    अहिले बाढीले बस्ती बगाएसंगै गाँउभरिमा एकमात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव देखिएको बताएका छन । उनले उनले,‘२१ परिवारले एकमात्र शौचालयको प्रयोग गर्दे आएका छन ।’

    बाढीबाट भौतिक सम्पत्तिको क्षति ब्यहोरेका पीडित परिवारलाई सहयोग गर्न जाँदा स्थानीयले आफ्ना आफन्तहरुलाई प्राथमिकता दिनुपर्ने दवाव दिए’ उनको भनाई छ । घर बनाउन आवश्यक कच्चा पदार्थको सहज उपलब्धता नभएको स्थानमा आफूहरुले बाँकी चार घर निर्माण सामग्रीको पनि निर्माण स्थलमा नै रहेकोे उनले बताए ।

    बस्ती निर्माणपूर्व त्यहाँको स्थिति सोमालिया र युगाण्डाको झल्को दिने किसिमको रहेको दाताको सहयोगबाट पिडीतहरुले आफ्नो बासस्थान पाएकोमा उनले खुसि ब्यक्त गरे ।

    त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय राम गुरुङले बस्ती निर्माणपुर्व त्यहाँको अवस्था निकैनै दयनीय रहेकोे जानकारी गराए । उनले भने,‘अहिले गाँउको पुनःनिर्माणले पीडितहरुको घाउँमा मलमको काम गरेको छ ।’ निर्वाचनमा आफुले जितेको क्षेत्रको बिकासमा निर्वाचित जनप्रतिनिधिले बिकासको जिम्मेवारी लिनुपर्ने भएपनि प्रवासमा रहेरपनि सहयोग गर्ने कष्ण कार्कीप्रति उनले कृतज्ञता प्रकट गरेका थिए ।

    बिराटनगरका स्थानीय कृष्ण कार्की हाल जापानमा बसेर नेपालमा बिभिन्न समाजसेवामा सक्रिय रहँदै आएका छन । केही समय अगाडिमात्र आमाका मृत्यु भैसकेपछि बाबुद्धारा सडकमा फालेर हिँडेका दुई जना जम्ल्याहा छोरीको शिक्षामा कक्षा १ देखि १२ सम्मको सम्पुर्ण पढाई खर्च उनले बिद्यालयको बैँक खातामा जम्मा गरिसकेका छन । कार्यक्रममा समाजसेवी कार्कीकी आमा नरमाया कार्कीको उपस्थिति रहेको थियो । चैत २ गते एक औपचारिक कार्यक्रमको आयोजना गरेर बस्ती हस्तान्तरणको कार्य सम्पन्न गर्ने योजनामा निर्माण समुह रहेको छ ।

    प्रेस विज्ञप्ती
    गत असारमा मोरङको रतुवामाई खोलामा आएको भिषण बाढीबाट पुर्ण रुपमा विस्थापित हुनुभएको मोरङ रतुमाई नगरपालिका ३ वर्ति टोलका २१ घर परिवार मध्ये सुकुम्बासी बन्न पुगेका तथा आर्थिक साथै शारीरिक रुपमा अशक्त १० घर परिवारलाई युवा समाजसेवी कृष्ण कार्कीको एकल आर्थिक सहयोगमा पुनःबाँस गराउने पवित्र उदेश्यलिई गतमंसिर २१ समाजसेवी कार्कीको ३४ जन्मदिनको अवसरमा नेपाली सेनाका निवर्तमान प्रधान सेनापती रुग्वागत कटवाल , रतुवामाई नगरपालिकाका मेयर रविन राई , समाजसेवी कार्कीका ममतामयी माता नरमाया कार्की लगाएत विभिन्न व्यक्तिको उपस्थितिमा शिलान्यास गरिएको थियोे ।

    बाढी विस्थापितहरुको भौतिक सम्पत्ति पुर्णतः क्षेतीभए पछि पाल टागेर अन्य आफन्तको शरण लिनबाध्य भएका अपांग अशक्त , बृद्ध एकलमहिला र बालबालिकालाई पहिलो चरणको घर बनाउने कार्यक्रम सम्पन्न भएको छ । १० घर मध्येका ६ घर पुर्ण तयारी भईसकेको र अन्यभने पिडित र स्थानीय केही ब्यक्तिको अवरोधक ाकारणले निर्माण कार्यमा अवरोध भएको छ ।

    युवा समाजसेवी कृष्ण कार्की ले देशका विभिन्न भुभागमा सहयोग गर्दै आउनु भएको छ । गत असोजमा रतुवामाई नपा भरिका १०० जना जेष्ठ नागरिकलाई राष्ट्रिय पोषाक सहित सम्मान तथा शारीरिक अशक्त १० जनालाई मासिक भत्ता वितरण समेत गर्नुभएको थियोे । यसका अलवा ओखलढुगा माने भन्ज्याङ गाउपालिकाको मनकामना विद्यालयमा उच्च शिक्षाको लागि आर्थिक सहयोग र प्रत्येक वर्षको एसईई टपर छात्र छात्रालाई छात्रवृत्तिको स्वरुप आर्थिक सहयोग गर्दै आउनु भएको छ । केही समय अगाडि उदयपुरको चौदण्डीगढी नगरपालिकामा बाबू द्वारा फ्यालिएका दुई जना जुम्ल्याहा बालिकालाई कक्षा नर्सरी देखिन कक्षा १२ सम्म निशुल्क अध्यन गराउने महान जिम्मेवारी लिनु भएको छ ।

    परियोजना नाम रतुवामाई वाढी पिडत पुनवास परियोजना

    परीयोजना स्थल रतुवामाइ नगरपालीका ३, महादेवा , वर्तिटोल

    निमार्णकर्ता कृष्ण कुमार कार्की
    संयोजक चित्रकुमार कार्की
    ईन्जिनियर चुडामणी कार्की
    शिल्यान्यास १९र०८र२०७५
    निर्माण सम्पन्न०४र१०र२०७५
    लागत २० लाख
    लाभान्वित परिवार सदस्य सख्या ३८ जना

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…