ऋषी धमला नेपाली पत्रकारितामा चर्चामा आइरहने पात्र हुन् । उनका बारेमा पत्रकारिता क्षेत्रमा मात्रै होइन नेपाली राजनीतिमा पनि कहिले कहीँ बहसको विषय बन्छ । उनको प्रश्न सोध्ने तरिकालाई समाजिक सञ्जाल प्रयोगगकर्ताहरुले हाँसोको पात्र बनाइरहन्छन् । तै पनि उनले आफ्नो शैली छाड्दैनन् । वरु त्यही शैली दोहोर्याँउछन् र अन्तरवार्ता दिन जानेहरुलाई हैरान पार्छन् । बिषय बस्तु नबुझी प्रश्न गर्ने, कार्यक्रममा आएका अतिथीले उत्तर दिन नपाई प्रश्न माथि प्रश्न थोपार्ने शैली उनको प्रिय शैलि हो । पत्रकार धमलालाई ४ प्रश्न ।
सरकार र सिके राउतसँग भएको सम्झौतालाई कसरी लिनु हुन्छ ?
राष्ट्रिय अखण्डता बचाउनकालागि बिखण्डनकारी शक्तिहरुलाई वार्ताका माध्यमबाट मूल धारमा ल्याउनु सकारात्मक कदम हो । संवादको माध्यमबाट देशको अखण्डता र सार्वभौम सत्ता जोगाउन कोहि लाग्छ भने यो पक्कै पनि राम्रो कुरा हो । स्वतन्त्र मधेस गठबन्धनसँग एघार बुदँे सहमति भएको छ । यो कार्यन्वयन गर्न सिके राउत लाग्छन् भने राम्रो कदम हो । यसको म स्वागत गर्छु । तर अहिले सम्म सिके राउत जी ले आधिकारीक रुपमा केहि बोल्नु भएको छैन । उहाँको गतिबीधिलाई म पनि हेरिरहेको छु । उहाँको राष्ट्रिय परिषदको बैठकपछि आउने निर्णय हेर्न बाँकी छ । जनमत संग्रह गर्नु पर्छ भन्न थाल्नु भो भने उहाँको कदम ठिक छैन । उहाँले मधेस देश छुट्टै बनाउनु पर्छ भनेर परिकल्पना गर्नु हुन्छ भने त्यो ठिक होइन । त्यो असम्भब छ । जनमत संग्रहको कुरा गलत हो । यस्तो काम गर्ने छुट कसैलाई छैन । त्यो दिनु पनि हुँदैन ।
नेपाल कम्यिुनिष्ट पार्टी बिप्लब समुहलाई सरकारले लगाएको प्रतिबन्धलाई के भन्नु हुन्छ ?
अहिले म के भन्छु भने सवै शक्तिसँग संवाद शुरु गर्नु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र बिक्रम चन्दसँग पनि संवाद गर्नु पर्छ । हिंसा कसैको लागि सह्य हुँदैन । हिंसालाई मान्यता दिनु हुँदैन । हिंसा नेपाली समाजमा देशमा अस्विकार्य भइसकेको छ । हिंसाबाट समस्या समाधान हुँदैन । सरकारले पनि दमनको निती लिनु हुँदैन । दुवै पक्षले खुल्ला हृदयका साथ संवाद गर्दा मात्रै समस्या समाधान हुन्छ । संघिय लोकतान्त्रिक गणतन्त्रको सस्थागत विकासका लागि सवै शक्तिका बिचमा सहकार्य र सहमति आवश्यक छ । हिंसात्मक गतिबिधी गर्न कसैलाई छुट छैन । सरकारले दमनको निती लिन हुँदैन ।
प्रचण्डले विप्लब समुहबाट खतरा छ भन्नु भएको छ । यो फण्डा हो की सत्य होला ?
धेरै कारण र आधारहरु हुन सक्छ । प्रचण्ड जी र नेत्रबिक्रम जीहरु एकै ठाँउबाट आउनु भएको । दुवै जना एकै स्थानमा बिचार बिमर्श गरेर आउनु भएको हो । अहिले आएर उहाँहरुका बिचमा आरोप प्रत्यारोप चल्दै आएको छ । प्रचण्डले जुनखाले कुरा गर्नु भएको छ । यसका पनि आधारहरु होलान् । प्रचण्डले आफूलाई मार्न खोजेको कुरा गर्नु भएको छ । यसका आधारहरु पनि आउलान् ।
तपाँइले लिने अन्तरवार्ता कतिपयले हाँसोको रुपमा उडाँउछन् त्यतीबेला के अनुभूति हुन्छ ?
सवै मान्छे सन्तुष्ट हुन्छन् भन्ने छैन । मेरो अन्तरवार्ता देशमा राष्ट्रिय बहसको बिषय बन्छ । सवै मान्छेले आप्mना कुरा राखेर निस्कन्छन् । हाँस्नेलाई हास्न दिनुस् । भन्नेलाई भन्न दिनुस् । जनताका कुरा पो कुरा त ? दुई चार जना मान्छेले कमेन्ट गर्दैमा मलाई केहि हुँदैन । तपाँइले नरेन्द्र मोदीलाई समाजिक सञ्जालमा उडाएको हेर्नु भएको छ ? केपी शर्मा ओलीलाई हाँसेर उडाएको देख्नु भएको छैन ? यस्ता कुराको पछि किन लाग्नु ?
मेरो पत्रकारितामा जुन शैली छ त्यो शैली ठिक छ । म सन्तुष्ट छु । जो चर्चामा हुन्छ उसैको आलोचना हुन्छ । जो सफल छ उसैको बिरोध हुन्छ । चर्चामा नहुनेको कस्ले बिरोध र आलोचना गर्छ ?