• बिजय लुम्फुङवा लिम्बू

    अहिले सामाजिक सन्जालमा लिम्बुवान स्प्रिङ आन्दोलनको बारेमा चर्चा छ । खास गरि विभिन्न विचारमा आबद्ध लिम्बुवान प्रेमी युवाहरुको एक जमातले यो अभियान शुरुवात गरेकोछ । मलाई लाग्छ अहिले लिम्बुवानमा हरेक क्षेत्रबाट आक्रमक भई रहेको अवस्थामा र लिम्बुवान आन्दोलन विभक्त र रक्षात्मक रहेको अवस्थामा युवाहरुको यो अभियानले लिम्बुवान आन्दोलनलाई उर्जा थप्ने काम पक्कै पनि गर्दछ । म फेरी पनि भन्छु अहिले जुन सुकै क्षेत्रबाट उठेको लिम्बुवान आन्दोलनलाई लिम्बुवान प्रेमीहरुले सहयोग र सद्भाव राख्नु पर्दछ ।

    अरब स्प्रिङ र लिम्बुवान स्प्रिङ

    लिम्बुवान स्प्रिङ आन्दोलन अरब स्प्रिङको प्रभाव हो भन्न सकिन्छ । सन् २०१० मा मध्य पश्चिम एशिया एवं उत्तरी अफ्रिकामा शुरुवात भएको हो । यसको शुरुवात टयुनीशियामा मे १८ २०१० मा मोहम्मद वाउजिजीको आत्मदाहाबाट भयो । त्यसपछि यसको ज्वालाले अल्जेरिया, इजिप्ट, यमन , बहराइन हुदै सम्पुर्ण अरुब लिगलाई प्रभावित ग¥यो । यस आन्दोलनले अरब क्षेत्रका राज्यसत्ता नै हल्लिन पुग्यो भने कतिले सत्ता छोड्नु पर्ने अवस्था आयो । यो एक किसिमले स्यामुल पी हटिङटनको थर्ड वेभ अफ डेमोक्रेसी पछि फोर्थ वेभ अफ डेमोक्रेसी थियो । यो आन्दोलन मुख्य गरी तानाशाही, मानवअधिकारको उलंघन, वेरोजगारी र राजनैतिक भ्रष्टचारको विरुद्ध थियो । यो आन्दोलनको मुख्य कृयाकलाप धर्ना, ¥याली, विरोध प्रर्दशन र हडताल थियो । लिम्बुवान आन्दोलन आफैमा लामो ईतिहास बोकेको आन्दोलन हो । यसको राजनैतिक सामाजिक साँस्कृतिक आधारहरु छन् । लिम्बुवानमा भएको सामाजिक—साँस्कृतिक र राजनीतिक विभेद नै यो आन्दोलनका कारणहरु हुन् ।

    सामाजिक सन्जाल र आन्दोलन

    अरब स्प्रिङ आन्दोलनमा सामाजिक सन्जालको अत्यन्त ठुलो भुमिका थियो । राजनैतिक विज्ञानले सुचना र सन्चारलाई राजनैतिक चेतना जागृत गराउने आन्दोलनका प्रमुख हतियारको रुपमा लिन्छ । वर्तमान अवस्थामा सामाजिक सन्जालको भुमिका पनि त्यही देखिन्छ । अरब स्प्रिङमा सामाजिक सन्जालले नै मानिसलाई चेतना र सडकमा संगठित हुन सहयोग गरेको थियो । लिम्बुवान आन्दोलनमा सुचनाको पहुँच अभिवृद्धी गर्न सामाजिक सन्जालको अत्यन्त ठुलो भुमिका हुन्छ । खासगरी मुख्य सन्चारले लिम्बुवान र पहिचानको आन्दोलनलाई नसमेटेका अवस्थामा सामाजिक सन्जाल नै सबैको पहुँच पुग्ने र एकमात्र विकल्प हुन गएकोछ । यस्तो अवस्थामा लिम्बुवान स्प्रिङ आन्दोलन सामाजिक सन्जालबाट शुरुवात गर्नु स्वागत योग्य कुरा हो । हिजो पनि यस अभियानमा लागेका साथीभाईहरुको सामाजिक सन्जाल मार्फत यस लिम्बुवानको भाषिक, साँस्कृतिक र राजनीतिक अभियान सन्चालन गर्न महत्वपुर्ण योगदान रहि आएको छ । पछिल्लो समयमा विजयपुर आन्दोलन, मेन्छयायम संरक्षण अभियान आदिमा सामाजिक सन्जालले महत्वपुर्ण भुमिका खेलेको थियो जसको कारणले चुम्लुङ लगायतकाले केहि नीतिगत निर्णयहरु परिवर्तन गर्न वाध्य भएको थियो ।

    कतिले ठान्ला यो फेसबुके अभियान हो । सडकमा छैन सामाजिक सन्जालमा भएर के गर्ने ? । कतिले भन्ला यसले अझ फुटाउँछ , फेसबुके झगडा सृजना गर्दछ । तर सामाजिक जागरण र चेतना अभिवृद्धिको लागि सुचना सबै भन्दा प्राथमिक कुरा हो । यसले वैचारिक रुपमा संगठित हुन मदत गर्दछ । अनि सडक र सदन सम्म दवाव दिन सकिन्छ । सामाजिक सन्जालका भाषा र सम्बोधनलाई मर्यादित , व्यक्ति होइन विचार र संरचना विरुद्ध केन्द्रित हुन पर्दछ । अन्तकृया र छलफलले संगठनलाई अझ मजबुत र दृढ बनाउँछ ।

    लिम्बुवान स्प्रिङ आन्दोलनको दिशा

    लिम्बुवान स्प्रिङ आन्दोलनकाल उदेश्य नै लिम्बुवानका सुतेका सिँहहरुलाई उठाउनु हुनु पर्दछ । राज्यबाट भएका सामाजिक, साँस्कृतिक, राजनीतिक र धार्मिक विभेदहरुको भण्डारफोर गर्नु पर्दछ । त्यसरी नै अबको लिम्बुवान स्प्रिङ आन्दोलन लिम्बुवान आन्दोलनलाई एकिकृत बनाउन हुनु पर्छ । अहिले चार तिर फैलिएको लिम्बुवान आन्दोलनलाई एकठाउँमा ल्याउने अभियान हुनु पर्दछ । लिम्बुवान आन्दोलनका अहिलेका नेतृवहरुलाई दवाव दिन जनलहर पैदा गर्न सक्नु पर्दछ । अनि सबै भन्दा प्रमुख कुरा आन्दोलन विनासकारी नभई रचनात्मक होु् । लिम्बुवान स्प्रिङ लिम्बुवानबाट उठेर आन्दोलन मधेश, तमुवान, खसान, खम्बुवान, ताम्सालिङ, मगरात, नेवा ल्याण्ड हुदै अगाडी बढ्नु पर्दछ ।
    शुभकामना साथीहरुलाई ...जय लिम्बुवान संघीय अभिवादन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…