• धनुषा, २ चैत 

    मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ  ।

    होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन् । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाटय कला परिषद्, मिनाप यसका आयोजक हुन् ।

    मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्नेलाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ । मिथिला नाट्य कला परिषद्का विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रत्येक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

    आपसी भाइचाराको रुपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुश्लिम युवाले पनिसँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।
    फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ ।

    मिनाप अध्यक्ष परमेश झाले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताउनुभयो । फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन् । मिनापका अध्यक्ष झाले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताउनुभयो ।

    महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । जसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ ।

    महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…