• काठमाडौं । नेपाली सांगीतिक बजारमा प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । लामो समय प्रवासको बसाइपछि स्वदेशमा आएर संगीतमा निरन्तर लागिरहेका गायक राईले ‘के पायौ र धन ?’ बोलको गीतलाई लिएर आएका छन्। प्रवासमा रहँदा नै उनले ‘इमोर्टल’ एल्बम बजारमा ल्याएका थिए । त्यसपछि निरन्तर गायनमा नै लाग्ने सोचले प्रवासको बसाई छाडेका उनले नेपाल आएपछि केही गीत गरे पनि बिहीबार सार्वजनिक भएको यो गीतबाट आफू निकै आशावादी रहेको गायक राई बताउँछन् ।

    जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई फिचरिङ गरिएको छ । भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरको सम्पादन रहेको छ । के पायौ र धन ? गीतलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको छ ।
    हेर्नुहोस् भिडियो :

    https://youtu.be/GpI4pLDvjis

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…