• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकालाई वर्ष २०१९ फेबु्रअरी महिनाको नेशनल अफिसर अफ द मन्थको अवार्ड प्रदान गरिएको छ ।
    नेपाल जेसीजले हरेक महिना नेपाल जेसीजका पदाधिकारीहरु मध्ये उत्कृष्ट एक जनालाई प्रदान गर्ने यो अवार्ड फेबु्रअरीको ढकाललाई प्रदान गरिएको हो ।
    नेपाल जेसीजले हालै सार्वजनिक गरेको अवार्ड अनुसार दोस्रो महिनाको अवार्ड ढकालले प्राप्त गर्न सफल भएका छन् । यस अघि जनवरी महिनामा राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले प्राप्त गर्नु भएको थियो ।
    गछिया जेसीज वर्ष २०१७ का अध्यक्ष ढकाल २०१८ मा राष्ट्रिय उपाध्यक्ष हुनु हुन्थ्यो भने जनकपुरमा सम्पन्न महाधिवेशनबाट २०१९ का लागि राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । क्षेत्र ‘ग’ को निरुपित कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी पाउनु भएको ढकालले गत माघ ३ र ४ गते सम्पन्न नेपाल जेसीजको ऐकाडेमीलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…